default_image

2 years ago

December 7, 2021

स्वर्ण विजेता पलेशासहित युथ पारा टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीसहितको टोली मंगलबार स्वदेश फर्किएको छ । बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारामा २ खेलका ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोका सहभागी तीनै खेलाडीले पदक जितेका थिए भने ब्याडमिन्टनका १ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । टोकियो पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धनले […]

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीसहितको टोली मंगलबार स्वदेश फर्किएको छ । बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारामा २ खेलका ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोका सहभागी तीनै खेलाडीले पदक जितेका थिए भने ब्याडमिन्टनका १ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । टोकियो पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेकी थिइन् । ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदक नजिक पुगेका थिए । उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए । क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसंग पराजित भएपछि पदकबाट चुके ।

पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति अभार प्रकट गर्दै धन्यवाद दिइन् ।

टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

Success

Thank you for your time.