4 years ago
February 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार आयोजना गर्ने १६ औं एनएनआइपिए स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गोदावरी नगरपालिकाको सह आयोजनामा यसपटकको अवार्ड गोदावरीस्थित ब्रज बाराही मन्दिर परिसरमा आयोजना हुँदैछ । कार्यक्रम दिउँसो १ः०० बजे सुरु हुने एनएनआइपिएले जनाएको छ ।
गत वर्ष कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुँदा यस वर्ष नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी ती खेलका खेलाडीलाई अवार्ड दिने एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
अघिल्लो कार्यक्रमहरुमा वर्ष भरिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उपलब्धी हासिल गरेका वा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै आइरहेकोमा २०७३ सालमा कामिड–१९ को महामारीका कारण यो वर्ष विगत केही वर्षदेखि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका भनी सम्बन्धित संघले सिफरिस गरिएका खेलाडीहरुलाई सम्मान गर्न लागिएको बताइएको छ ।
२७ खेलका उत्कृष्ट खेलाडी र वर्षका उत्कृष्ट पारा खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तीनै २७ खेलाडीमध्येबाट एक महिला र एक पुरुष खेलाडी सर्वोत्कष्ट खेलाडी घोषित हुनेछन् । उनीहरुले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै एक महिला र एक पुरुष खेलाडी प्रतिभाशाली खेलाडी तथा एक महिला र एक पुरुष खेलाडी उदयीमान खेलाडीबाट सम्मानित हुनेछन् । प्रतिभाशाली र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै गजराज जोशी स्मृति प्रतिष्ठानको सहयोगमा एकजना खेल व्यक्तिलाई गजराज आदंश खेल व्यक्तित्व सम्मानबाट सम्मानित गरिने एनएनआइपिएले यसअघि नै जानकारीदिइसकेको छ । सम्मान राशी ३५ हजार रुपैयाँ रहेको छ । एक खेल पत्रकारलाई एनएनआईपिए. खेल पत्रकारीता पुरस्कार सम्मानित हुनेछन् । त्यसको राशी २५ हजार रुपैयाँ रहेको छ । एनएनआइपिएले केहि वर्षयता स्थानिय निकायको सहकार्यमा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष थिमी नगरपालिकामा कार्यक्रम आयोजना भएको थियो ।
एनएनआइपिएमा कार्यक्रममा सम्मान हुने विधाहरु
विधाहरु/ पुरस्कार
१) २७ खेल मध्येका उत्कृष्ट खेलाडी पुरस्कार अवार्ड रु. १० हजार
२) उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी सम्मान पत्र रु.१ लाख
३) एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी सम्मान सम्मान पत्र रु.५० हजार
४) एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान सम्मान पत्र रु. हजार
५) एकजना पाका खेल व्यक्तिलाई गजराज आदंश खेल व्यक्तित्व सम्मान पत्र रु. ३५ हजार
६) एक खेल पत्रकारलाई एन. एन. आई. पी. ए. खेल पत्रकारीता पुरस्कार सम्मान पत्र रु २५ हजार
(७) एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान अवार्ड रु१० हजार
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]