default_image

4 years ago

March 1, 2022

प्रिन्स र निमा उदियमान खेलाडी

260 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– ब्याडमिन्टनको जुनियरतर्फका नम्बर एक खेलाडी प्रिन्स दाहाल र दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता निमा घर्तीमगर एनएनआइपिए उदियमान खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा प्रिन्स र निमालाई उदमान खेलाडी घोषित गरिएको हो । दुवैले अवार्डसहित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

ब्याडमिन्टनका युवा स्टार प्रिन्स पछिल्लो समय चर्चामा छन् । गत साता प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका थिए । निमाले १२ औं र १३ औं सागको स्वर्ण पदक विजेता हुन् ।

स्पोर्टस अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी छनोट भएका थिए । तीनै २७ खेलाडीमध्येबाट एक महिला र एक पुरुष उदियमान खेलाडी चुनिएका थिए । स्थानिय निकायको सहयोगमा हुँदै आएको अवार्डमा यसपटक गोदावरी नगरपालिका सह आयोजक रहेको छ ।

एनएनआइपिए स्पोर्टस् अवार्ड – १५ पुरुष र १२ महिला खेलाडी उत्कृष्ट

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.