4 years ago
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले अवार्डसहित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
अरुणाको कप्तानीमा नेपालले महिला भलिबलमा एतिहासिक सफलता प्राप्त गरेको थियो । उनको नेतृत्वमा यो वर्षसहित नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो ।
एक दशक भन्दा लामो समय राष्ट्रिय टोलीबाट खेलेका पूर्व कप्तान विराजले गत चैतमा थ्री नेसन्स कपका दौरान अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । एन्फा एकेडेमीका उत्पादन विराजले ३ अलग क्लब मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग उपाधि जितेका थिए ।

स्पोर्टस अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी छनोट भएका थिए । तीनै २७ खेलाडीमध्येबाट एक महिला र एक पुरुष सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । स्थानिय निकायको सहयोगमा हुँदै आएको अवार्डमा यसपटक गोदावरी नगरपालिका सह आयोजक रहेको छ ।
एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ का उत्कृष्ट खेलाडी
१. आर्चरी – ज्ञानु अवाले
२. एथलेटिक्स – किरणसिंह बोगटी
३. ब्याडमिन्टन – प्रिन्स दाहाल
४. बक्सिङ – सुष्मा तामाङ
५. बास्केटबल – सदिना श्रेष्ठ
६. साइक्लिङ – राजेश मगर
७. फेन्सिङ – अंकिता कार्की
८. गल्फ – कष्मिरा शाह
९. ह्यान्डबल – विशाल बस्नेत
१०. हक्की – अन्जना चन्द
११. जिम्न्याष्टिक – रोशन बुढाथोकी
१२. कराते – विप्लभ श्रेष्ठ
१३. र्याफटिङ एन्ड क्यानोइङ – सुमन तामाङ
१४. जुडो – सुुमित्रा राई
१५. स्की – सफलराम श्रेष्ठ
१६. पौडी – अनुभव सुब्बा
१७. सुटिङ – कृष्ण थापा
१८. कबड्डी – नागेश्वर थारु
१९. टेबल टेनिस – स्यान्टु श्रेष्ठ
२०. तेक्वान्दो – पार्वती गुरुङ
२१. ट्राइथोलन – हिमाल टमाटा
२२. लन टेनिस – अभिलाषा विष्ट
२३. फुटबल – विराज महर्जन
२४. भलिबल – अरुणा शाही
२५. भारोत्तोलन – कमला श्रेष्ठ
२६. उसु – निमा घर्तीमगर
२७. कुस्ती – सुुरेश चुनारा
२८. पारा खेलाडी सम्मान – पलेशा गोबद्र्धन (तेक्वान्दो)
उदयमान खेलाडी
निमा घर्तीमगर (उसु )
प्रिन्स दाहाल ( ब्याडमिन्टन )
प्रतिभाशाली खेलाडी
पार्वती गुरुङ (तेक्वान्दो)
हिमाल टमाटा ( ट्रायथोलन )
सर्वोत्कृष्ट खेलाडी
अरुणा शाही (भलिबल)
विराज महर्जन ( फुटबल )
अरुणा शाही ( भलिबल )
अन्य सम्मान
गजराज आदर्श खेल व्यक्तित्व – पुष्पराज ओझा (ओलम्पियन, एथलेटिक्स)
एनएनआइपिए खेल पत्रकारिता सम्मान – हिमेश बज्राचार्य (कान्तिपुर)
विशेष सम्मान – राष्ट्रिय महिला भलिबल टोली
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]