4 years ago
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दोकी पार्वती गुरुङ र ट्राइथोलनका हिमाल टमाटा एनएआइपिए प्रतिभाशाली खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा पार्वती र हिमाल प्रतिभावान खेलाडी चुनिएका हुन् । दुवैले अवार्डसहित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
स्पोर्टस अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी छनोट भएका थिए । तीनै २७ खेलाडीमध्येबाट एक महिला र एक पुरुष प्रतिभाशाली खेलाडी चुनिएका थिए । स्थानिय निकायको सहयोगमा हुँदै आएको अवार्डमा यसपटक गोदावरी नगरपालिका सह आयोजक रहेको छ ।

एनएनआइपिए स्पोर्टस् अवार्ड – १५ पुरुष र १२ महिला खेलाडी उत्कृष्ट
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]