4 years ago
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा ललितपुर गोदावरी नगरपालिकाको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा ओझा सम्मानित भएका हुन् ।
आदर्श खेल व्यक्तित्व नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको टोलीका सदस्य मध्येका एक गजराज जोशीका नाममा स्थापित भएको हो । गजराज जोशी स्मृति प्रतिष्ठानले आदर्श खेल व्यक्तित्वलाई ३५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
ओझाले पहिलो देखि चौथो दक्षिण एसियाली खेलकुद (साग) र २३ औं ओलम्पिकमा खेलाडीका रुपमा सहभागिता जनाएका थिए । उनले बेजिङ ओलम्पिक र रियो ओलम्पिकका प्रशिक्षकका रुपमा सहभागिता जनाएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को एथलेटिक्स प्रशिक्षकबाट केहि वर्ष अघि अवकास पाएका उनी अहिले त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।
एनएनआइपिए स्पोर्टस् अवार्ड – १५ पुरुष र १२ महिला खेलाडी उत्कृष्ट
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]