default_image

4 years ago

March 14, 2022

पारा तेक्वान्दोकी सृजनाले रजत जितिन्

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले डब्लू टि प्रेसिडेन्ट्स कप एसिया रिजनमा रजत पदक जितेकी छन् । इरानको तेहरानमा भएको प्रतियोगिताको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि फाइनलमा सृजना इरानी फातेमा डोडाङ्गेसँग ३३–११ ले पराजित भएकी थिइन् ।

त्यसअघि सेमिफाइनलमा भने सृजनाले टर्कीकी मेरमय बेटुललाई ११–१० ले हराइकी थिइन् । त्यसअघिको क्वार्टरफाइनलमा भने सृजनाले इरानकी साहार घान्बारी कोमिसानीलाई ५–३ ले हराएकी थिइन् । सृजनासँगै तेहरानमा रहेका प्रशिक्षक कविराज नेगी लामाका अनुसार नेपालले फेयर प्ले अवार्ड जितेको छ ।

सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गरेकी सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत नै जितेकी थिइन् ।

अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक लामाको यो प्रशिक्षकका रुपमा पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगिता   हो । ५ मध्ये ४ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेपनि चुकेको थियो । यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पनि पलेशाको प्रशिक्षक लामा नै थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.