4 years ago
March 23, 2022
विराटनगर (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले दोस्रो जित हासिल गरेका छन् ।

विराटनगरस्थित सहिद रंगशालमा बुधबार भएका खेलहरुमा आर्मी, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । आर्मीका रोमन राना र प्रदीप राजवंशीले समान ४गोल, सुमितकुमार कामीले २ गोल र राजेन्द्र कार्कीले १ गोल गरे । आर्मीका प्रदीप खेलको म्यान अफ दी म्याच चुनिए ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलले हरायो । सुदूरपश्चिमका महेश नेपालीले ३ गोल, सुरेशप्रसाद जोशीले २ गोल, केशव जोशी र दीपकराज जोशीले समान १ गोल गरे । मधेसका रञ्जन महतोले गरे । सुदूरपश्चिम प्रदेशका गणेश ठगुन्ना खेलको म्यान अफ दी म्याच भए ।
त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोलले हरायो । लुम्बिनीका लागि सुरजकुमार घर्तीले २ गोल, योगेशकुमार बाँधारे र अद्नान अन्सारीले समान १ गोल गरे । प्रदेश १ का लागि नरेश थापाले सान्तवना गोल फर्काए । लुम्बिनीका सलमान शेख खेलको म्यान दी म्याच घोषित भए ।
समान २ खेल जितेका आर्मी र सुदूरपश्चिम प्रदेशको समान ६ अंक छ । प्रदेश १ र बाग्मती प्रदेशले समान ३ अंक जोडेका छन् ।
चैत १२ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली आर्मी प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रगियोगिताको विजेताले उपाधिसहित ५० हजार, दोस्रोले ३५ र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बाग्मती प्रदेश दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]