default_image

2 years ago

April 2, 2022

सम्झना कपमा श्यान्टु र त्रिशा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार भएको फाइनलमा त्रिशा महिला र श्यान्टु पुरुष सिंगल्सको विजेता बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार भएको फाइनलमा त्रिशा महिला र श्यान्टु पुरुष सिंगल्सको विजेता बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ र ११–४ को सेटमा पराजित गरे । बैंक अफ बरोडा, भारतका नितिन र श्रीकृष्ण अरुणचलम तेश्रो भए ।

सम्झना ल्याबको मुख्य प्रायोजन तथा ललितपुर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिता महिला सिंगल्फको त्रिशाले गाजियाबाद, भारतकी अभानी त्रिपाठीलाई ११–७, ११–९, ८–११, ११–६ र ११–५ को सेटमा हराइन् । गाजियाबादकी तनिशा मोलानी र एजीएकी फिल्जाह फतिमा तेश्रो बने । दुवैतर्फका विजेताले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

६ स्पर्धा समावेश प्रतियोगितामा नेपाली तथा भारतीय टोलीले समान ३ स्वर्ण जिते । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाही तथा ५५ वर्षमाथि एनिजकै राजन सुब्बाले स्वर्ण जितेका थिए । बैंक अफ बरोडाले पुरुष÷महिला दुवैको टिम इभेन्टमा पहिलो स्थान प्राप्त गर्यो । टिममा शीर्ष तीन स्थान हात पार्नेलाई पनि सिंगल्सकै जस्तो विजेताले ५०, दोस्रो टोलीले २५ र तेस्रो टोलीले समान १० हजार रुपैयाँ प्राप्त गरे । भेट्रानमा पहिलोले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेतालाई बाग्मती प्रदेशका सांसद् राजकाजी महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, सम्झना ल्याबकी निर्देशक रजना श्रेष्ठ जोशी, स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यलगायतले पुरस्कृत गरे । सो अवसरमा दक्षिण एसियाली खेलकुदको टेबलटेनिसको टिम इभेन्टमा स्वर्ण जितेकी सिजरिन शाहलाई आयोजकले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको थियो ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको ५ दिन सम्म चलेको प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको थियो ।

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

April 24, 2024

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्लेयर अफ दि म्याच मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शनमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

April 24, 2024

आज न्यु डायमण्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज सुरु हुँदैछ । ४ टोलीको मात्र सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ । पहिलो खेल साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको खेल बिहान ११ः०० बजे सुरु हुनेछ । त्यसपछि उद्घाटन […]

Success

Thank you for your time.