4 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल घोडचढी संघको आयोजनामा सातौं संस्करणको राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेस्टेरियन च्याम्पियनसिप) यसै साता आयोजना हुने भएको छ ।

आयोजक नेपाल घोडचढी संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मार्फत प्रतियोगिता शुक्रबार टुडिखेलमा हुने जानकारी गराइयो ।
प्रतियोगितामा सो जम्प, डे«सेज, हाइजम्प तथा टेन पेगिङ (व्यक्तिगत र समूहगत) विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष रवि राज कर्णिकारले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको सबै पाँच विधाको विजेताले २० हजार रुपैया हात पार्नेछ । दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
घोडचढी संघका अध्यक्ष रविराज राजकर्णिकारले प्रतियोगितामा झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताएका छन् । प्रतियोगितालाई मित्सुबिसी मोटर्स, टर्किस एयरलाइनस, मेरियट होटल, मास्टर्स सफे, अक्वा हन्र्डस, नागर्जुन नगरपालिकालगायतको सहयोग रहेको बताइएको छ । केहि महिना अघिमात्र चोढचढी संघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]