default_image

2 years ago

April 24, 2022

मिलन स्मृति जुनियर टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गिय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष समुन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अखिल नेपाल टेबल टेनिस संघको […]

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गिय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष समुन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगितालाई सर्बन चिपालुले मुख्य प्रायोजनगरेको छ । प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल) सहित देशभरका विभिन्न जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागित रहने बताइएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स (जुनियर यु–१८), जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स (क्याडेड यु–१५), क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धा रहने छन् ।

झण्डै ९ लाख रुपैयाँ खर्च हुनु अनुमान गरिएको प्रतियोगितामा जुनियर ब्वाइज गर्ल्स तथा क्याडेट ब्वाइज ÷ गर्ल्स सिंगल्स स्पर्धामा पहिलो हुनेले २० हजार, दोस्राले १० र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ३ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

स्पिन इभेन्ट्सका चेयरमेन सुमन शाक्यले अहिले टेवल टेनिसमा रहेको अरु खेलमा पनि जाने लक्ष्य रहेको बताए । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले यो प्रतियोगिता एक हिसावले ट्यालेन्ट हन्ट नै रहेको जुनियर खेलाडीले राष्ट्रिय टोलीमा आओस भन्ने रहेको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले बताए ।

मिलनको एक वर्षअघि निधन भएको थियो । मिलनले अन्तर्राष्ट्रिय नखेलेको ४–५ वटा राष्ट्रिय खेलेको जुनियरमा दोस्रोसम्म भएका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा पुर्व राष्ट्रिय खेलाडी श्रवण सिपालुको सहयोगमा हुन लागेको हो ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.