4 years ago
May 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
शनिबार लिगको अन्तिम खेलमा हेल्प नेपाल क्लबलाई ३–१ ले हराउँदै आर्मी विजयी बनेको हो । लिगमा अपराजित रहने आर्मी एक्लो टोली बनेको छ । ६ जितका साथ आर्मीले १८ अंक जोड्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार आर्मीले हेल्प नेपाललाई २५–१३,२५–१८,२६–२८,२८–२६ ले पराजित गरेको थियो ।
त्यसअघि आर्मीकै महिला टोली पहिलो पटक च्याम्पियन बन्न सफल भएको थियो । लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । आर्मी २५–१८,२५–२३, २५–२० ले विजयी भएको थियो । आर्मीले चार खेलबाट ९ अंक जोड्यो । समान ९ अंक नै रहेपनि पुलिस र एपिएफ म्याचको आधारमा पछि पर्यो । एभरेस्टले २ तथा डायमन्डले १ अंक जोड्यो ।

आर्मीले महिला भलिबल सुरु गरेयता फाइनलसम्म पुगेपनि उपाधि भने जित्न सकेको थिएन । यसअघि आर्मी २०७६ मा पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यसपछि गत वर्ष पोखरामा भएको टाइगर कपमा आर्मी एपिएफसँग नै पराजित हुँदै उपाधि विमुख बनेको थियो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]