4 years ago
May 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेकी स्टार प्रतिभा मालीलाई समेट्दै नेपाल भलिबल संघले चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग – २०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । महिला भलिबलले गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एशियन गेम्सका लागि महिला भलिबललाई पनि समाविष्ट गर्ने निर्णय भएको छ ।
पहिला चरणमा छनोट हुन सफल खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगतीनाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेश्मा भण्डारी, हिरा केसी, उषा बिष्ट र मनिषा खाँड रहेका छन् ।

चोटबाट पूनरागमन गर्ने प्रयासमै रहेकी राष्ट्रिय टोलीका अर्का स्टार सरस्वती चौधरीलाई भने प्रारम्भिक टोलीमै समेटिएको छैन । अहिले निरन्तर रिह्यावमा रहेकी सरस्वती पनि पूनरागमनको प्रयासमा रहेकी छिन् । आसन्न भदौंमा हुने भनिएको एसियाड अनिश्चित कालको लागि स्थगित भइसकेको छ । सरस्वतीले त्यसबेलासम्म खेल्न नसक्ने थियो । तर, एसियाड नै अनिश्तिच कालको लागि स्थगितथ हुँदा संघले सरस्वतीलाई प्रारम्भिक चरणमै राखेको छैन ।
संघका महासचिव जितेन्द्र चन्दले कुनैपनि प्रतिभावान् खेलाडी छुटेको अवस्थामा टोलीमा समेटिन सकिने जानकारी गराए । ‘कुनैपनि प्रतिभावान् खेलाडी छुटेको छ, भने उनीहरुलाई पनि टोलीमा स्थान रहेको छ । यो प्रारम्भिक छनोट हो ।’ महासचिव चन्दले भने ।
महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।
एसियाडलाई प्रारम्भिक चरणमा परेका ३५ खेलाडी
प्रतिभा माली (न्यु डायमन्ड), सलिना श्रेष्ठ (न्यु डायमन्ड), प्रगतीनाथ (न्यु डायमन्ड), रिमा कुँवर (न्यु डायमन्ड), बालमिका आचार्य (न्यु डायमन्ड), एन्जिला प्रधान (न्यु डायमन्ड), सलिना बुढामगर (न्यु डायमन्ड), कृपा अधिकारी (आर्मी), साफिया पुन (आर्मी), शान्ति थारु (आर्मी), सुनिता खड्का (आर्मी), संगम महतो (आर्मी), जानकी भण्डारी (आर्मी), श्रृृष्टि खड्गी (आर्मी), सरस्वती जैशी (आर्मी), मनिषा खाँण (आर्मी), उषा भण्डारी (पुलिस), मनिषा चौधरी (पुलिस), कामना बिष्ट (पुलिस), लक्ष्मी चन्द (पुलिस), पुनम चन्द (पुलिस), शान्तिकला तामाङ(पुलिस), कमला पुन (पुलिस), निरुता ठगुन्ना (एपिएफ), कविता भट्ट (एपिएफ), पुजा चौधरी (एपिएफ), आरती सुवेदी (एपिएफ), रेश्मा भण्डारी (एपिएफ), हिरा केसी (एपिएफ), उषा बिष्ट (एपिएफ), अरुणा शाही (एभरेस्ट), निशा चौधरी (एभरेस्ट), भावना डाँगी (एभरेस्ट), सरस्वती कट्टेल (एभरेस्ट) र भुवनेश्वरी चन्द (एभरेस्ट) ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]