9 years ago
December 12, 2016
दिपक बोहोरा ,पाँचथर
किरात लिम्बु जातिहरुको मैलिक पर्व चासोक तङ्नाम २०७३ तथा याक्थुङ येले तङवे ५०७६ को अबसर पारेर पाँचथरको फिदिमा पर्यटक प्रबद्धन गर्ने भन्दै सुम्जिरी सुम्हा?लुङ आम्बेपज संरक्षण एबम संरक्षण प्रतिष्ठान ले सुम्हा?लुङ मिनि म्याराथुन आयोजना गर्ने भएको छ ।
आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बिषयमा जानकारी गरेका हुन । मंसिर २८ गते सुम्हा?लुङ मन्दीर परिसर बाट सुरु हुने म्याराथुन पाँचथर क्यामपस मोड, चारबारे जोरसाल हुदै प्रहरी कार्यलय हुदै पुन सुम्हा?लुङ मन्दीर परिसरमा गएर टुङगीने छ । करीब ९ किलोमिटर लम्बाइमा म्यारथन हुने आयोजकले जानकारी दिए ।
सो प्रतियोगितमा प्रथमहुनेले नगद रु १५ हजार ट्रफि मेडल र प्रमाण प्रत्र ,द्धितिय हुनेले १० हजार ट्रफि मेडल र प्रमाण प्रत्र र तेसा्रेहुनेले ५ हजार ट्रफि मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जानकारी दिए । यो प्रतियोगितालाइ बर्षेनि गरीने पनि जानकारी गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]