4 years ago
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट १७–२५ ले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५–२० को जित निकाल्दै पुलिस जिततर्फ अघि बढ्यो । प्रतिस्पर्धात्मक रोमाञ्चक बनेको चौथो सेटमा पुलिसले १९–१९ को बराबरीबाट अघि बढ्दै २५–२० को जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
अब पुलिसले उपाधिका लागि क्लब वाम्कोसँग प्रतिस्पर्धा गर्नेछ । क्लब वान्कोले यसअघि पहिलो सेमिफाइनलमा पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य उषा भण्डारी सम्मिलित दिबेही सिफान्जी क्लब भने चार खेलमा तेस्रो हार बेहोर्दै समूह चरणबाटै बाहिरिसकेको छ । कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।
यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]