default_image

2 years ago

July 29, 2022

छन्त्यालले भलिबल संघको महासचिवमा उम्मेदवारी दिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले संघको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको चुनावी साधरण सभा भदौं २२ गते बुधबार काठमाडौंमा हुने तय भइसकेको छ । दुई कार्यकाल नेपाल भलिबल संघको कार्यसमितिमा रहेर काम गरिरहेका छन्त्यालले भलिबलको विकासको लागि नै महासचिवमा आफ्नो उम्मेदवारी रहने बताए हुन् […]

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले संघको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको चुनावी साधरण सभा भदौं २२ गते बुधबार काठमाडौंमा हुने तय भइसकेको छ ।

दुई कार्यकाल नेपाल भलिबल संघको कार्यसमितिमा रहेर काम गरिरहेका छन्त्यालले भलिबलको विकासको लागि नै महासचिवमा आफ्नो उम्मेदवारी रहने बताए हुन् । ‘बुझ्ने भएदेखि नै भलिबलमा छु । प्रतियोगिता आयोजनासँगै नेपाली भलिबल विकासका लागि अहोरात्र खटिरहेको छु,’ ५३ वर्षीय छन्त्यालले भने, ‘मेरो नशा नशामा भलिबल छ । भलिबलबाहेक केही सोचिएन । भलिबलकै लागि सरकारी जागिर र जापान जाने अवसरलाई त्यागे । भलिबलबाट नाम कमाए त्यही नै ठुलो लाग्छ । छन्त्याल सर र मामा भनेर चिनिएको भलिबलले नै हो ।’

संघको अध्यक्ष पदका लागि उपाध्यक्ष रहेकी निरोज मास्केले उम्मेदवारी दिने घोषणा गत वर्ष नै गरिसकेका छिन् । उनले आगमी मंगलबार उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी गरेकी छिन् । संघकी सदस्य इन्दिरा निरौलाले गत वर्ष उम्मेदवारी घोषणा गरेपनि अहिले पछि हटेकी छिन् । त्यसबाहेक अन्यले हालसम्म कुनै पनि पदमा आफ्नो दावेदारी सार्वजनिक गरेका छैनन् ।

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रका अध्यक्षसमेत रहेका छन्त्याल महिला भलिबललाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरुमध्ये एक हुन् । २०५८ सालमा आफ्नै अध्यक्षतामा ढोरपाटन स्पोर्ट्स क्लबको स्थापना गरेका थिए ।

क्लबको स्थापनासँगै ढोरपाटनले नियमित रुपमा महिला र पुरुष भलिबल प्रतियोगिता तथा दैनिक प्रशिक्षण आयोजना गर्दै आइरहेको छ । सुरुवाती ६ संस्करणमा दुई अन्तर्राष्ट्रियसहित पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको ढोरपाटनले त्यसयता १५औं संस्करणसम्म ढोरपाटन डबल बहिला भलिबल लिग आयोजना गरिसकेको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको लिग यसपटक गराउने तयारी भइरहेको छ । भलिबल संघ नै निस्क्रिय रहेको अवस्थामा उनैले महिला भलिबल प्रतियोगिता लगातार आयोजना गर्दै महिला भलिबलको विकासमा महत्वपूर्ण भुमिका निभाएका छन् । महासचिवमा आएपछि भलिबल विकासका लागि आँफुसँग चरणबद्ध योजना रहेको र टिमवर्कबाट नै यसले गति लिने बताउँछन् ।

‘हरेक वडामा वैधानिक रुपमा क्लब खोल्न आवश्यक छ । प्रशिक्षण केन्द्र र होस्टेलहरु भए झनै राम्रो हुनेछ । यसलाई हामी ७७ जिल्लाको वडा तहमा लैजानेछौं’, उनले योजना सुनाए,‘ जिल्ला भलिबल संघलाई चलायमान बनाउनेछौं । उत्कृष्ट काम गर्ने संघलाई पुरस्कृत गर्ने योजना छ । यस्तै भलिबलको अवार्ड गर्ने । रेफ्री र प्रशिक्षक तालिम निरन्तर गराउने योजना छ ।’

ढोरपाटन नगरपालिका ३ बुर्तिबाङका छन्त्यालको भलिबलसँग अर्को रमाइलो प्रसंग छ । आफ्नै विवाहको दिन पनि उनले भलिबल प्रतियोगितामा भाग लिएका थिए। त्यो प्रसंग हो २०५१ सालको हो । ‘कोजागत पुर्णिमामा लाग्ने मेला त्यहाँको विश्वकप बराबर नै हो । बिहेको लगन र मेला जुध्यो । आफ्नै विवाह छ, उता भलिबल छाड्नै नसक्ने । जन्तीसँगै बेहुली लिन गए । जन्तीलाई पठाएर एकछिनपछि आउछु भनेर बसे, खेले, त्यो दिन खेल्नै सकिएन । फाइनलमा पुगेका थियौं’, उनले सम्झिए ।

‘म खेलिसकेर साथीहरुसँग बेहुलीको घर जान हिडे । अरु जन्तीलाई बाटोमा भेट्यौं । आफ्नो बिहेको दिन यस्तो गर्न नहुने भनेर जन्ती त घर फर्कने तयारीमा रहेछन् । म पुगेपछि के गर्ने भन्ने सल्लाह भयो। बेहुलीकै घर जाने निर्णय भयो । बेहुली घर पुग्दा रातीको ११ बजिसकेको थियो । भलिबल खेलकै लुगामा पुगेको त्यहि पुगेपछि लुगा फेरें ।’

तस्विर सौजन्य : गणेश छन्त्याल

आफ्नो विवाहको दिन खाएको गाली पनि छन्त्यालले बिर्सेका छैनन् । ‘बेहुली पक्ष पर्खिरहेको रहेछ । माफ मागें’, उनले हाँस्दै भने,‘ सालीहरुले गाली गरेको अहिलेसम्म पनि बिर्सिएको छैन । दाई (जेठान) खेल बुझ्ने रहेछ । उहाँले सपोर्ट गर्नुभयो। गोपालको जेठान भनेर चिनाउन पाइन्छ । त्यसपछि विवाह भयो । टोलीले पनि उपाधि जित्यो । अहिले त्यतिबेला त्यसो नगरेको भए हुन्थ्यो जस्तो लागिरहेको छ ।’

२०६९ मा सदस्यका रुपमा भलिबल संघमा प्रवेश गरेका छन्त्याल अर्को निर्वाचनमा बागमती प्रदेशको सचिवमा निर्विरोध भएका थिए । स्नातक तह उत्तिर्ण गरेका उनलाई सरकारी जागिर खाने र राष्ट्रिय टोलीबाट खेल्न भने कहिल्यै रहर जागेन ।

‘बाग्लुङमा शिक्षा आयोगमा जागिर खाने अवसर थियो । मेरा साथीहरु अहिले पनि त्यही छन् । तर, मैले भलिबल बाहेक केही सोचिन ,’ उनले थपे, होचो कदका भएकाले फालिने भन्ने भए र राष्ट्रिय टोलीको छनोट खेलमा कहिल्यै गइन । राष्ट्रिय खेलाडी नबनेकोमा पछुतो छैन । काम नै भलिबल । सन्तुष्ट छु । बाच्ने आधार नै भलिबल हो । २०४५–४६ मा बुटवलमा पढें । त्यसपछि काठमाडौं आएर महेन्द्ररत्न क्याम्पस ताहाचलमा पढें ।’ महेन्द्ररत्नमा पढ्दा पुरानो चेन्ज सिस्टमको एकै दिनमा १३ खेल सम्म खेलेको छत्याललाई सम्झना छ ।

April 30, 2024

बोर्डको सदस्य सचिवमा बस्नेतको पुनर्बहाली

हिमाल खरेल, बिर्तामोड तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा पुनर्बहाली भएका छन् । बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो । उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएसँगै उनी हालका सदस्य सचिव हंशराज वाग्ले भने […]

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

धावक गोपी स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – गत साता लण्डन म्याराथनमा भाग लिएका धावक गोपी चन्द्र पार्की सोमबार स्वदेश आइपुगेका छन् । नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।अघिल्लो साताको आइतबार भएको लण्डन म्याराथन गोपीले २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । लन्डनमा नेपालीहरुबाट न्यानो माया र स्वागत पाएको गोपीले बताए […]

Success

Thank you for your time.