3 years ago
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व चौकी गाउँपालिकाले भैरव ट्रफी २०७९ फुटबल उपाधि जितेको छ । डोटीको भैरव प्रसाद गण सिलगढी ब्यारकले आयोजना गरेको भैरव ट्रफीको शनिबार फाइनलमा डोटी उद्योग वाणिज्य संघलाई १–० ले हराउँदै पूर्व चौधी गाउँपालिकाले उपाधि जितेको थियो ।
विकास खत्रीले गरेको गोल फाइनलको निर्णायक बनेको थियो । विजेता टोलीले उपाधिसहित २० हजार र दोस्रो भएको टोलीले १० हजार रुपैयाँ प्राप्त गरेको थियो । पूर्वचौीका विकास खत्री प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । बिहीबार सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो।
जसमा फाइनल पुग्ने दुई टोलीबाहेक आयोजक भैरवप्रसाद गण, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वीचौकी नगरपालिका, कर्मचारी मिलन केन्द्र, बैंकर्स क्लब, गैर सरकारी संस्था डोटी,पत्रकार महासंघ, त्रिवि प्राध्यापक संघ थिए ।
सदूरपश्चिममा फुटबल गतिविधि बढाउनका लागि प्रतियोगिता आयोजना गरेको जनाउँदै आयोजक भैरवप्रसाद गणका प्रमुख सेनानी जनमतबहादुर कार्कीले अब हरेक वर्ष प्रतियोगिता आयोजनाको प्रयास गरिने जानकारी दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]