3 years ago
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पछिल्लो बैठकबाट गण्डकी प्रदेश सेटर सुजन चोखालसहित तीन खेलाडीमाथि गर्ने भनेको कारवाहीको विषय अन्योलमा परेको छ ।

नेपाल भलिबल संघको गत साउन ५ गते बसेको आठौं पूर्ण बैठकमा गण्डकी प्रदेशका सेटर सुजन चोखाललाई १ वर्षको तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई एक सिजनको लागि प्रतिबन्ध लगाएको भनिएको थियो ।भलिबल संघका जिम्मेवार पदाधिकारीलाई उदृत गर्दै समाचार प्रकाशित भएको थियो ।
उक्त निर्णयप्रति कतिपय भलिबल खेलाडीले सामाजिक सञ्जालमार्फत विरोध समेत जनाएका थिए । तर, बैठकमा खेलाडीलाई कारवाही गर्ने नभई स्पष्टिकरण सोध्ने मात्र निर्णय भएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताएका छन् । ‘ म संयोजक रहेको पाँच सदस्यीय समितिले कारवाही गर्ने सिफारिस गरेको हो । तर, कार्यसमितिले भने स्पष्टिकरण मात्र सोध्ने निर्णय भएको छ । अब स्पष्टिकरण सोधिने छ त्यसमा चित्त नबुझेको अवस्थामा मात्र थप कारवाहीका विषयमा निर्णय हुन सक्छ,’ चन्दले भने ।
यस विषयमा संघले खेलाडीलाई स्पष्टिकरण वा कारवाही कुनै किसिमको पत्र दिएको छैन । ‘वैशाखमा भएको घट्ना हो । अहिले साउन पनि सकिन लागिसकेको छ । त्यस विषयमा अहिलेसम्म हामीलाई केही पनि सोधेको छैन,’ सुजनले भने, ‘मिडियाबाट नै एक्कासी कारवाही भएको भन्ने सामाचार आएर थाहा भयो । केही पनि नसोधी किन र कसरी कारवाही गर्ने निर्णय भयो भनेर आश्चर्यचकित छु । कारवाही गर्नको लागि त खेलाडीलाई पनि स्पष्टिकरण सोध्नुपर्ने होइन र ?,’ उनले प्रतिप्रश्न गरे ।
गत वैशाखमा काठमाडौंमा सम्पन्न एनभिए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिप दौरान विभागीय नेपाल पुलिस क्लबसँगको खेलको तेस्रो सेटमा २४–२३ ले गण्डकी अग्रतामा रहँदा पुलिसका खेलाडीको ओभरल्याप भएको भन्दै रेफ्रीसँग अपिल गरेका थिए । भिडियो फुटेजमा ओभरल्याप स्पष्ट देखिएको थियो ।
लामो समयसम्म रेफ्रीको निर्णयलाई पुर्नविचार गर्न गण्डकी प्रदेशका खेलाडीसँगै प्रशिक्षकले अनुरोध गरेपनि रेफ्री आफ्नो निर्णयमा अडिग रहे । लामो समयपछि खेल शुरु भएसँगै अंक गुमाउन पुग्दा आवेगमै रहेका सुजनले नेटलाई लात्तीले हानेका थिए । यही विषयलाई लिएर संघले घटनाको छानविन गर्न समिति गठन गरेको थियो ।
यस्तै एपिएफसँगको खेलको तेस्रो सेटमा हेल्प नेपालका विनितले एपिएफका खेलाडीको ओभरल्याप भएको भन्दै रेफ्रीसमक्ष अपिल गरेको थियो । भिडियो फुटेजमा पनि ओभरल्याप देखिएको थियो । चौथो सेटको खेल सुरु हुनै लाग्दा रेफ्रीले भारतीय खेलाडीलाई रातो कार्ड देखाएपछि विवाद झनै चर्किएको थियो ।
रेफ्रीको हकमा एसियन रेफ्री क्यान्डिडेट पूर्ण प्रसाद चौलागाईं र राष्ट्रिय रेफ्री कपिल जिसीले रेफ्री कमिसनका प्रमुख गौतम लासिवा समक्ष स्पष्टिकरण दिनुपर्ने र स्पष्टिकरण चित्तबुझ्दो नभए आवश्यक कारवाही थालिनेछ । हेल्प नेपालका अध्यक्ष वासु श्रेष्ठलाई पनि स्पष्टिकरण माग गरिएको छ । चित्तबुझ्दो जवाफ नआए आवश्यक कारवाही प्रक्रिया अघि बढ्नेछ । यस्तै खेल दौरान कालोपट्टी बाँधेको विषयमा रेफ्रीलाई पनि स्पष्टिकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए संघले नै आवश्यक प्रक्रिया थाल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]