3 years ago
August 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले भदौ २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् ।

यसपटकको निर्वाचनका लागि औपचारिक उम्मेदावरी घोषणा गर्ने उनी संघको पहिलो पदाधिकारी हुन् । उनले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने बताएकी थिइन् । संघको पछिल्लो निर्वाचन २०७३ जेठ १ भएको थियो । कार्यकाल सकिएको लामो समय सम्म पनि निर्वाचन हुन सकेको थिएन । यसअघिको बैठकले निर्वाचन मिति तय गरेको हो । केन्द्रिय सदस्य हुँदै संघमा प्रवेश गरेकी मास्केले त्यसपछि एका कार्यकाल कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।
भलिबल विकासका लागि पाँच ‘प’ को आफ्नो प्रतिबद्धता पनि उनले उम्मेदवारीका क्रममा व्यक्त गरेकी छन् । जसमा प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्सहन र प्रशासनिक संरचनाका बारेमा उनले आफ्नो योजना प्रस्तुत गरेकी छन् ।
श्रोत व्यवस्थापनकालागि पनि उनले योजना अगाडि सारेकी छन् । जसमा भनिएको छ सरकारी निकायसँग साझेदारी , नीजि क्षेत्रको परिचालन, सदस्यता वितरण र प्रभावकारी बाँडफाड व्यवस्था, रणनीतिक साझेदार, एनआरएनए र विश्वभर छरिएका भलिबल प्रेमी शुभेच्छुक र पेशागत संघ संस्था र समुदायको संलग्नता एवं परिचालन गर्ने रहेको छ ।
डेढ दशकदेखि भलिबल विकास र विस्तारमा निस्वार्थ र क्रियाशिलता, भूमिका र योगदानका आधारमा संघको नेतृत्वका लागि दाबी गरेको मास्केको भनाई छ । संघलाई थप व्यवस्थित बनाउने र राष्ट्रिय खेलको व्यवसायीकरण गर्ने सपनाको आफू निमित्त पात्र रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘राष्ट्रिय खेल भलिबलाई थप उचाईमा पुर्याउन सामूहिक प्रयास र प्रयत्नबाट सम्भव हुन्छ भन्ने मेरो ठम्माई हो ।’

उम्मेदवारी घोषणाका क्रममा मास्केले प्रतिद्वन्द्वी छ जस्तो नलागेको उल्लेख गर्दै भनिन्,‘ त्यस्तो महसुस गरेको छैन । अहिले एकल घोषणा गरेपनि सबैलाई मिलाएर लैजाने प्रयास गर्नेछु । सबै १ सय ३३ मतनै पाउँछु भन्ने विश्वास छ ।’ मास्केको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षद्वय गंगाबहादुर थापा र दानबहादुर तामाङ, प्रदेश नं १ खेलकुद परिषद् बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थिति थियो ।
३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेपनि यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् ।
७७ वटै जिल्लाबाट ७७ जनास, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउनेछैनन् । रेफ्री कमिसनबाट १ र राष्ट्रिय टिम (पुरुष र महिला) का कप्तान र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]