3 years ago
August 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन स्वस्तीश्री गुरुकुलको टोली त्यसतर्फ जाने भएको छ ।
स्वस्तीश्री गुरुकुलका फुटबल दुतका रुपमा रहेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुने टोलीको खेलाडीमा दिर्घायु पिया, सदित अर्याल, दीप खत्री, बैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, साश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा छन् ।
त्यस्तै भाईचुङ्ग तामाङ्ग, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ्ग, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहान मान जोशी टोलीका खेलाडी हुन् । टोलीको प्रशिक्षकमा ज्वाला बिष्ट छन् । प्रशिक्षण कार्यक्रम साउन २५ देखि ३१ गते सम्म संचालन हुने बताइएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला ज्वाला, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले शुभकामना दिदै विदाई गरे । राखेप उपाध्यक्ष कोइरालाले त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलमा उपयोगी हुने विश्वास व्यक्त गर्दै टोलीले देशको प्रतिनिधित्व पनि मुलुकको इज्जत बढाउन आग्रह गरे । उनले खेलकुदको उद्गम थलो स्कुलनै भएको भन्दै खेलाडी तयार गर्न स्वस्तीश्रीले गरेको कामको प्रशंसा गरे ।
एन्फाका उपाध्यक्ष लामाले स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकोले शुभकामना दिदै त्यसले नेपाली फुटबललाई फाइदा हुने विश्वास व्यक्त गरे । खेलाडीहरु आफ्नो खर्चमा त्यस तर्फ जान लागेको र व्यक्तिगत सम्बन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुने भएकाले छनोट नगरिएको पूर्व कप्तान गुरुङले जानकारी दिए । टोली सोमबार त्यस तर्फ जानेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]