default_image

2 years ago

August 17, 2022

भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय हुने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने […]

84 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ ।

निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने गरि विधान अनुमोदन गरेको छ । साधारण सभाले पास गरेपछि त्यो कार्यान्वयन हुने संघका महासचिव जितेन्द्रबहादुर चन्ले जानकारी दिए ।

विधान संशोधनका लागि पूर्वअध्यक्ष गंगाबहादुर थापा मगरको संयोजकत्वमा रहेको समितिलेसातै प्रदेशको प्रतिनिधित्व हुने गरि ७ उपाध्यक्ष र २ मनोनितको व्यवस्थासहित ९ उपाध्यक्ष रहने गरि विधान संशोधनको प्रस्ताव तयार गरेको हो । संघको पूर्ण बोर्ड बैठकले संशोधित विधानलाई सर्वसम्मत रुपमा पारित गरेको छ । विधान संसोधन पास भएमा ४१ सदस्यीय कार्यसमिति बन्नेछ । अहिले ३९ सदस्यीय कार्यसमिति ररहनेछ । अब सात प्रदेशबाट उपाध्यक्षको प्रतिनिधित्व हुनेछ ।संघको वर्तमान विधानमा निर्वाचनबाट ५ उपाध्यक्ष र दुई जनालाई अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

विधान संसोधन प्रस्तावमा खेलाडीको प्रतिनिधित्व हुने गरि पूर्व अन्तर्राष्ट्रिय खेलाडीबाट एक पुरुष र एक महिलालाई साधारण सभामा सहभागी गराउने व्यवस्था गरेको छ । यसअघि राष्ट्रिय टोली महिला र पुरुष टोलीका कप्तानले मताधिकार प्रयोग गर्दै आइरहेको थियो । ‘खेलाडीको प्रतिनिधित्व पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुले गर्ने गरि संसोधन प्रस्ताव गरेका छौं, चन्दले भने, ‘अब राष्ट्रिय टोलीको महिला र पुरुषतर्फको कप्तानको सट्टा पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषले प्रतिनिधित्व गर्ने प्रस्ताव गरेका छौं ।’

संसोधित विधान अनुसार ४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ९ सदस्य गरी २६ जना निर्वाचित हुनेछन् । बाँकी १५ मध्ये १४ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।

यसपटक ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।

निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेपनि यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् । ७७ वटै जिल्लाबाट ७७ जना, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउनेछैनन् । रेफ्री कमिसनबाट १ र राष्ट्रिय खेलाडी (पुरुष र महिला) र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् ।

यसपटकको अध्यक्षको लागि हाल उपाध्यक्ष रहेकी निरोज मास्केले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् । महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी दिन चर्चा छ ।

April 20, 2024

पलेशा र कविराज तेक्वान्दोको वर्षका उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस पारालिम्पिकका छनोट भएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन वर्षकी उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल तेक्वान्दो संघले आफ्नो आठौं वार्षिक साधारणसभाका अवसरमा पलेशालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेका हो । पलेशका प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । चितवनको सौराहमा शनिबार भएको साधारणसभामा पलेशालाई ५० […]

April 20, 2024

सागका स्वर्ण पदक विजेता श्रेष्ठद्वय अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता दीपक श्रेष्ठ र विप्लभलाल श्रेष्ठ कनेक्टिकटको वेस्ट हार्डफोर्ड नगरपालिकाबाट सम्मानित भएका छन् । हार्डफोर्डकी मेयर सारी केन्टरले आफूहरुलाई प्रोक्लामेसन पत्रबाट सम्मान गरेको दीपक श्रेष्ठले जानकारी दिएका छन् । नेपाली ग्र्याजुयट विधार्थी संघ र रचित फाउन्डेसनका अध्यक्ष रिंकु श्रेष्ठको पहलमा हार्डफोर्डले […]

April 20, 2024

आस्था, कल्पना र तिर्सना विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं पिंक केयरएथन महिला दौडको १० किलोमिटरमा आस्था राउत, ५ किमीमा कल्पना घिमिरे र ३ किमीमा तिर्सना कुमारी विजयी भएकी छिन्। महिलाहरुको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा शनिबार काठमाडौंमा पिंक केयरएथन आयोजना गरेको हो । १० किमीमा मनिता घतामी दोस्रो र संगिता तामाङ्ग […]

Success

Thank you for your time.