3 years ago
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन् ।

महिलातर्फको फाइनलमा वियंकाले एभिएमकै इभाना थापा मगरलाई ११–७,११–५,११–७ को ३–० ले पराजित गर्दै उपाधि जितेकी थिइन् । एभिएम आसम पहाडी र प्रोक्सीमा नर्भदा खैतु संयुक्त रुपमा तेस्रो भएकी छन् ।
पुरुषतर्फको फाइनलमा आशिषले एपिएमका विशाल थापालाई ११–६, ११–८, ११–९ को सोझो सेटमा हराउँदै उपाधि जितेका थिए । एभिएमका आयुष ताम्राकार र ऐलेन महर्जन संयुक्त रुपमा तेस्रो भएका छन् ।
हरेराम जोशी मेमोरियल फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताका विजेता खेलाडीलाई ललितपुर महा नगरपालिका मेयर चिरीबाबु महर्जनले पुरस्कृत गरे ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]