3 years ago
August 29, 2022
हिमाल खरेल, बिर्तामोड
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल्न झापाबाट ४ सय ४९ जना खेलाडी छानिएका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिताबाट सोमबार २७ खेलका महिला र पुरुष गरी ४ सय ४९ छानिएका हुन् ।
झापाबाट छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार अभ्यास गराइने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।
समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङका अनुसार प्रदेश छनोट प्रतियोगिताका लागि २ सय ६१ जना पुरुष र १ सय ८८ जना महिला खेलाडी छानिएका छन् । छनोट भएकामध्ये फुटबलमा १६ पुरुष, १६ महिला, भलिबलमा ९ पुरुष, ९ महिला, क्रिकेटमा १४ पुरुष, १४ महिला छानिएका छन् ।
त्यस्तै, कबड्डीमा ९ पुरुष, ९ महिला, खो–खोमा १२ पुरुष, १२ महिला, एथ्लेटिक्समा १८ पुरुष, १४ महिला छानिएको नेम्वाङले जानकारी दिए । हक्कीमा १८ पुरुष १८ महिला, बास्केटबलमा १२ पुरुष, १२ महिला, बक्सिङमा ११ पुरुष, ५ महिला, कराते (काता, कुमुते) मा १६ पुरुष, १३ महिला छनोट भएका छन् ।
तेक्वान्दोमा १४ पुरुष, १४ महिला, आइटिएफ तेक्वान्दोमा १४ पुरुष, ११ महिला, जुडोमा ११ पुरुष ७ महिला, जिम्न्यास्टिकमा ६ पुरुष छानिएका छन् । उसुमा १० पुरुष, ८ महिला, भारत्तोलनमा ५ पुरुष, ४ महिला, ब्याडमिन्टनमा ५ पुरुष २ महिला, पौडीमा ३ पुरुष २ महिला, सेपाक्ताक्रोमा ५ पुरुष, ५ महिला छनोट भएका छन् ।
टेबलटेनिसमा ५ पुरुष, १ महिला, आर्चरीमा ५ पुरुष, ५ महिला, बुद्धिचालमा २ पुरुष, २ महिला, शारीरिक सुगठनमा ७ पुरुष खेलाडी छनोट भएका छन् । रग्बीमा १० परुष, कुस्तीमा १० पुरुष, ५ महिला, साइक्लिङमा ८ पुरुष र सुटिङमा ४ पुरुष र २ महिला छानिएको समितिले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालन हुनेछ ।
५९ औँ राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापनको अवसरमा झापा जिल्ला खेलकुद विकास समितिबाट प्रशिक्षकको रुपमा सेवानिवृत्त भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो ।
हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदिप श्रेष्ठलाई सम्मान गरिएको हो । यसअघि खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाका वरिपरि बृक्षारोपण गरिएको थियो । कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समापन कार्यक्रममा समितिका कार्यालय सचिव विष्णु नेम्वाङले स्वागत गरेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]