3 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् ।
गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेकी पलेशाले मंसिरमा एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५७ केजी मुनी के ४४ तर्फ पहिलो स्थान प्राप्त गरेकी थिइन् । ओलम्पिकमा दुई बाउट जित्ने र एसियन युथ पारामा पदक जित्ने उनी पहिलो खेलाडी हुन् ।
व्यवासायिक फुटबलमा सफल रहँदै आएका किरणको कप्तानीमा नेपाली टोलीले २०७७ मा थ्री नेसन्स कप जितेको थियो । किरणको सम्मलित धनगढी एफसीले एनएसएलको पहिलो संस्करणको फाइनल सम्मको यात्रा तय गरेको थियो । दुई साता अघि मात्र किरण सम्मलित माल्दिभ्सको माजियाले माल्दिभ्सको लिग र एएफए कपको उपाधि जितेको थियो ।
जुनियर महिलामा उत्कृष्ट बनेकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एसियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गल्र्स टिम इभेन्ट्समा रजत पदक जितेकी थिइन् । सुदीपले १२ औं राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीतिमान बनाएका थिए ।
नेपाल ट्रायथोलन संघ उत्कृष्ट संघबाट तथा भरतपुर महानगरपालिका उत्कृष्ट पालिकाबाट सम्मानित भएको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ सोही अवसरमा सम्मानित भएको छ । त्यस्तै द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीलाई राखेपले सम्मान गरेको छ ।
राखेपको ५९ औं वार्षिकोत्वसका उपलक्ष्यमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको हलमा भएको कार्यक्रममा खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरि १ सय ४१ राखेप कर्मचारी विभुषित भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभुषित गरेका थिए । राखेप २०२१ भदौ १३ गते स्थापना भएको थियो ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]