3 years ago
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं म्याराथनको १४ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शनिबार बिहान ६ः३० बजे सुरु हुने म्याराथनमा झण्डै १२ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्रिपुरेश्वरबाट सुरु हुने म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल,कोटेश्वर,भक्तपुर,सूर्य विनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी, पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, सुकेधारा, नारायणगोपाल चोक, केशर महल, नारायणहिटी दरबारमार्ग, भद्रकाली, शहीदगेट हुँदै पुनः त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर टुंगिने छ ।
सहभागी धावक साढे ११ बजेसम्ममा दशरथ रंगशाला प्रवेश गरिसक्ने आयोजकको विश्वास छ । काठमाडौं म्याराथनको नियमित आयोजना गर्दै आएका नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले दौड अवधिभर सडकको दायाँबायाँ उभिएर धावकको हौसला बढानका साथै म्याराथनको समयमा सडकमा सवारी साधन लिएर ननिस्कन पनि आग्रह गरेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]