3 years ago
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद पोशाक र सामाग्री निर्माण कम्पनी लि निङको नेपालमा चौथो आउट लेट सञ्चालनमा आएको छ ।

बौद्ध टुसालस्थित प्रेम लामाले सञ्चालनमा ल्याएको आउट लेटका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले आइतबार उद्घाटन गरेका थिए । लि निङको यसअघि दरबार मार्ग, दरबार मार्ग र नारायणघाटमा आउट लेट सञ्चालनमा छ । चिनियाँ कम्पनी लि निङको नेपालमा आधिकारिक विक्रेता चाइना ट्रेड लिंक रहेको छ ।

चाइना ट्रेडले पछिल्लो १२ वर्षदेखि लि लिङका खेल पोशाक र सामाग्री विक्री गर्दै आएको छ । लि निङले गत महिना नेपाली बास्केटबल टोलीलाई प्रायोजन गरेको थियो । लि निङले फुटबल, बास्केटबल, टेबल टेनिस र फ्यासनका खेल पोशाक र सामाग्री उत्पादन गर्दै आएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]