default_image

3 years ago

October 20, 2022

नवौंको आईटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

286 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

नवौं राष्ट्रिय खेलकुदअन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । बागलुङ बजारमा बुधबार सम्पन्न आईटिएफ तेक्वान्दो प्रतियोगितामा १३ स्वर्ण, ८ रजत र ३ काश्य सहित २४ पदकका साथ आर्मी पदक तालिकाको शीर्षस्थानमा रहयो ।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिँह परियारले स्वर्ण दिलाए । भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६–८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते ।

‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हाँसिल गरिन् । धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन् । ५६–६० किलो तौल समूहको खेलमा एक नं प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन् ।

आर्मीकै कन्याम लिम्बुले ६५ किलो भन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन् । पुरुषतर्फ ६६–७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए । पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो ।
बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पा¥यो ।

महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौँ राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए । सअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो ।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या ४ पु¥याए । सातौँमा पहिलो स्वर्ण पाएका उनले आठौँ खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए । बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए । ६ स्वर्ण, ३ रजत र ३ कास्य सहित १२ पदक जितेको बागमती प्रदेश दोस्रो, ५ स्वर्ण, ८ रजत र २ कास्य सहित १५ पदक जितेको गण्डकी प्रदेश तेस्रो स्थानमा रह्यो ।

यस्तै प्रदेश नम्बर १ ले ३ स्वर्ण, २ रजत र ५ कास्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ३ रजत र ८ काश्य, एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र २ काश्य पदक जिते । यस्तै कर्णली प्रदेशले २ रजत र २ काश्य पदक जित्योभने नेपाल पुलिसले ४ कास्य र मदेश प्रदेशले १ कास्य पदक जित्यो । आईटिएफ तेक्वान्दो प्रतियोगितामा सुदुरपश्चिम प्रदेश पदक विहीन रहन पुग्यो ।

शनिबारदेखि बागलुङ नगरपालिका–१ रामरेखामा रहेको तेक्वान्दो संघको बाङ्गेचौर तेक्वान्दो कबर्डहलमा भएको प्रतियोगितामा आईटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेलहरु भएका थिए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० जना खेलाडीहरुले सहभागीता जनाएको आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनले प्रतियोगितामा २९ स्वर्ण, २९ रजत र ३० कास्य सहित ८८ पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेको बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.