3 years ago
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म आयोजना भएको नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राखेपको भएपनि सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका नरहेको जनाएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले आइतबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नवौं राष्ट्रिय खेलकुद सफल पार्न भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार, कास्कीसहित गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाका स्थानिय सरकार, विभिन्न राष्ट्रिय खेल संघ, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शैक्षिक संस्थाहरु, विद्यार्थी, सञ्चारकर्मी, स्वयंसेवक, स्थानियवासी, दर्शक, विभिन्न १४ विषयगत उपसमिति, प्रशिक्षक, निर्णायक, खेलाडी, कर्मचारी, प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुप्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छ ।’
राखेपले नवौंमा धेरै नयाँ कुराको थालनी गरेको उल्लेख गर्दै भनेको छ, ‘राष्ट्रिय खेलकुदकै इतिहासमा रनिङ ट्रफीको सुरुआत गर्नु, खेलाडी दर्ता अनलाइन पद्धतिबाट गर्नु, खेलाडीको एन्टी डोपिङ परीक्षण गर्नु, नवौं राष्ट्रिय खेलकुदलाई नै लक्षित गरी वेभसाइट निर्माण गर्नु, मोबाइल एप सञ्चालनमा ल्याउनु, खेलाडीहरुको विस्तृत अध्ययन तथा अनुसन्धान लगायत रहेका छन् । यसले नेपाली खेलकुदको विकासमा दीर्घकालीन प्रभाव पार्ने छ ।’

राखेपको पोखरामा कात्तिक २ गते बसेको १ सय १५ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गर्दै झण्डा हस्तान्तरण गरेको स्मरण गर्दै, सदस्य सचिव घिसिङले भनेका छन्, /१० औं राष्ट्रिय खेलकुदलाई अझ भब्य र सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् समयमै तयारी थाल्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।’
नवौंका दौरान प्याराग्लाइडिङका खेलाडी निसिम थापालाई गुमाउनु परेको उल्लेख गर्दै दुखद घडीमा राखेपले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको छ । निसिमको सम्मानमा पोखरा रंगशाला हाता भित्र शालिक निर्माण गर्ने राखेपले दोहोराएको छ ।
नवौंमा ११ टिमका ६ हजार १ सय २७ खेलाडीले कुल ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेकोमा सर्वाधिक १ सय ७२ स्वर्णसहित विजेता भइ रनिङ ट्रफी हासिल गर्न सफल भएकोमा त्रिभुवन आर्मी क्लबलाई राखेपले बधाई ज्ञापन गर्नुका साथै अन्य टिमका पदक विजेता खेलाडी र सहभागी टोलीलाई पनि धन्यवाद दिएको छ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]