3 years ago
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी उद्योग वाणिज्य संघको आयोजनामा कार्तिक ९ गते बुधबार गोदावरी साइक्लोथन आयोजना हुने भएको छ ।

समृद्ध गोदावरी निर्माण अभियान अन्तर्गत गोदावरी नगर भित्र रहेका सुन्दर, मनोरम प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धन र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रयास स्वरूप साइकल मागको शुभारम्भ गरिएको हो । यसै मार्गमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरूको सहभागी हुने संघले जनाएको छ । यात्रामा नेपाली सेना तथा सशस्त्र प्रहरी लगायत पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सहभागी साइकल यात्रीसहितको सहभागीता रहनेछ ।
साइकल यात्रा गोदावरी नगरपालिकाको प्रशासकीय भवन बज्रवाराहीबाट सुरु भएर नगरपालिकाका १४ वटै वडाको परिक्रमा गर्नेछ । साइकल यात्राको दूरी ४० किलोमिटर हुनेछ । यात्रा गोदावरी नगरपालिका प्राङ्गणबाट विहान ७.३० बजे सुरु भई ठेचो, चापागाउँ, चारघरे, इटाइटी, छम्पी, टोकलमाठ, डुकुछाप, दनुवार बस्ती, नेपाल आर्टभिलेज, देवीचौर, टिकाभैरव, लेले, बडिखेल, टौखेल, गोदावरी, विशंखुनारायण, गोदामचौर, मुक्तिनाथ मन्दिर, दमाईटार, ठैब, बाडेगाउँ, झरुवारासी हुँदै पुन गोदावरी नगरपालिका प्राङ्गणमा आएर समापन हुनेछ ।

साइक्लोथनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साइकल यात्रीहरुलाई पदमार्गमा रहेका सबै वडा कार्यालय लगायत स्थानीय बासिन्दाहरूले आ-आफ्नो मौलिकता झल्काउने गरि भव्य स्वागत गर्नेछन् ।
साइक्लोवनको शुभारम्भ नगर प्रमुख, नगर उपप्रमुख लगायत संघका अध्यक्षद्वारा टीका, सगुन प्रदान गरि अण्डा फहराएर गरिनेछ । समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, होटल एसोसियसन, ट्राभल एण्ड टूरिजम एसोसियसन, प्यासिफिक एसिया ट्राभल एशोसियसन, नेपाल ट्राभल्स एण्ड टुर्स अपरेटर संघ, ट्रेकिङ एजेन्ट संघ तथा विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरू लगायत प्रतिष्ठित होटल व्यवसायीहरू तथा समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहनेछ ।गोदावरी साइक्लोथनको परिकल्पना तथा आयोजना गोदावरी उद्योग बाणिज्य संघले गरेको छ भने यसलाई गोदावरी नगरपालिकाको साथ सहयोग रहेको छ । नेपाल पर्यटन बोर्डले पनि कार्यक्रममा सहकार्य गरेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]