default_image

3 years ago

November 9, 2022

धारा नेपालगन्ज म्याराथनमा प्याब्सनको साथ

255 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले अर्को महिना हुने आठौं धारा नेपालगन्ज म्याराथनलाई सहयोग गर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा बुधबार प्याब्सनको नेतृत्व पंक्तिले यस्तो प्रतिबद्धता जनाएको हो । प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई जोड्ने कार्य गरेको हुँदा नेपालगन्ज म्याराथन सिंगो बाँके जिल्लाकै सम्पत्ति रहेको बताए ।

‘शिक्षा र खेलकुद एकआपसमा घनिष्ठ सम्बन्ध रहेको विधा हो ।’ अध्यक्ष रावतले भने,‘तसर्थ जिल्लामा हुने ठुला खेल इभेन्टमा आफ्ना बालबालिकालाई सक्रिय सहभागी गराउनु हामी सबैको कर्तव्य हो । तसर्थ नेपालगन्ज म्याराथनमा धेरै भन्दा धेरै बालबालिकालाई भाग लिने वातावरण बनाउन सबै विद्यालयलाई आग्रह गर्दछु ।’

कार्यक्रममा प्याब्सन नेपालगन्ज उपमहागरपालिका समितिका अध्यक्ष विकास बज्राचार्यले नेपालगन्ज म्याराथन सबैको गौरवको बिषय भएको बताउँदै यसलाई सफल पार्न पालिका अन्तर्गतका विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए । ‘आयोजकले भन्नुहोला, हामी हरेक पक्षमा सघाउन तयार छौं ।’ अध्यक्ष बज्राचार्यले भने,‘सबै मिलेर नै सफल पारौं ।’
प्याब्सनका सल्लाहकार डा. राजेशकेसर खनालले निकै दुख गरेर हुर्काएको नेपालगन्ज म्याराथनलाई थप उचाइमा पुराउन सम्पुर्णको जिम्मेवारी भइसकेको चर्चा गरे ।

प्याब्सन बाँकेका अर्का सल्लाहकार केसरबहादुर आलेले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेको अवस्थामा अब सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताए । ‘संसारमा म्याराथन ठाउँको परिचयका रुपमा स्थापित हुन्छ ।’ आलेले भने,‘नेपालगन्ज म्याराथन हामी सबैको परिचयसँग जोडिइसकेको छ ।’

कार्यक्रममा इकाई प्रमुख पौडेल, प्याब्सनका केन्द्रिय सदस्य सुनिल गुप्ता, लुम्बिनी प्रदेशका उपाध्यक्ष ऋषिकेश जिसी, उपाध्यक्ष शरद रावलले विद्यार्थीहरुको सर्वागीण विकासका लागि अतिरिक्त क्रियाकलापहरुमा उत्तिकै जोड दिनुपर्ने धारणा राखेका थिए ।

आयोजकले नेपालगन्ज म्याराथनले गरेको प्रगति र यसको महत्वका बारेमा विचार राखेका थिए । आयोजकको तर्फबाट रजिस्ट्रेसन हेड कपिल थापाले इकाई प्रमुख पौडेललाई टिसर्ट हस्तान्तरण गरेका थिए । आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिबार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

यसबर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहने आयोजकले जनाएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ ।

होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायत जिल्लाका स्थानीय तहहरु, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।

December 20, 2025

रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.