default_image

3 years ago

November 11, 2022

विजेताहरु भन्छन्– ‘नेपालगन्ज म्याराथनको रुट देशकै उत्कृष्ट’

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनका विजेताहरुले त्यहाँको रुट नेपालको सबैभन्दा उत्कृष्ट रुट भएको बताएका छन् । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथनको छैटौं संस्करणका विजेता गोपीचन्द्र पार्कीले आफ्नो अनभुव सुनाए ।

‘काठमाडौं, पोखरा, प्रधानसेनापतिलगायत नेपालका शीर्ष म्याराथनमा प्रतिस्पर्धा गरिसकेको छु , तीन वर्षअघि स्वदेशमा भएको १३ औं सागका ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता समेत रहेका गोपीले भने ‘मैले नेपालमा आयोजना हुने सबै म्याराथन, हाफ म्याराथन, १० किमि दौडमा सहभागी भइसकेको छु । गत वर्ष बर्लिनमा पनि गएर दौडिएँ । मेरो अनुभवमा नेपालगन्जको रुट बर्लिनको भन्दा पनि राम्रो छ ।’

गोपीले २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दूरी पूरा गरी नेपालगन्ज म्याराथनको कोर्ष कीर्तिमान बनाएका थिए । सोही नतिजाका आधारमा नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले उनलाई ओलम्पिकमा पठाउने निर्णय गरे पनि पछि उनले भाग लिन पाएनन् ।

गोपीले अब विदेशी म्याराथनमा राम्रो समय निकाल्छु भनेर दौडन पर्ने अवस्था नरहेको समेत बताएका छन् । ‘ एम्सले मान्यता दिनु र आफ्नो क्यालेण्डरमा राख्दा यसको प्रतिष्ठा अझै बढेको छ। हामीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रतियोगिताहरुमा दौडिने सपना बनाएका हुन्छौं, उनले थपे,‘ नेपालमा त्यो सम्भव नहुँदा विदेश जानुपर्ने र धेरै खर्च हुने अवस्था थियो । अब एम्सको मान्यताको प्रतियोगितामा हरेक खेलाडीले खेल्न सक्नेछन् ।’

गत संस्करणको हाफ म्याराथनकी विजेता सन्तोषी श्रेष्ठले पनि प्रदर्शन सुधार्न नेपालगन्जको रुट नेपाली खेलाडीहरुका लागि सबैभन्दा उपयुक्त रहेको बताइएन् । ‘हामी राम्रो प्रदर्शनका लागि कम उचाइ भएका स्थानमा प्रशिक्षण गर्नेदेखि समुद्री सतहको उचाइमा आयोजित प्रतियोगिता खेल्न मन पराउँछौं, १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी सन्तोषीले भनिन्, ‘अब हामीले नेपालमै त्यो सुविधा नेपालगन्ज म्याराथनमा पाएका छौं । मैले पहिला पनि भनेको छु नेपालगन्ज म्याराथनको रुट देशको सबैभन्दा उत्कृष्ट रुट हो ।’

कार्यक्रममा मुख्य अतिथि महानायक राजेश हमालले एम्सबाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई हस्तान्तरण गरेका थिए ।
हमालले नेपालगन्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको स्मरण गरे । गत वर्ष आफू नेपालगन्ज म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको उनले बताएका छन् । उनले प्रतियोगीताले शहर र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताएका छन् ।

नेपालगन्ज उप महानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उप महानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागी आफूहरु तयार रहेको बताए ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए । ‘सर्वप्रथम, तपाईहरुसँग खुशी बाँड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं ,’ठकुरीले भने, ‘नेपालबाट नेपालगन्ज म्याराथनले एम्स बाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सुचिकृत भएको छ । यो तपाईं हामी सबैका लागि खुशीको कुरा हो ।’

हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार म्याराथन आयोजना हुँदै आएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ । कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ ।

होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् । एम्सबाट प्रमाणित नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चारसहित ११ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.