default_image

3 years ago

November 21, 2022

धारा नेपालगन्ज म्याराथनको तीन साता अघि दीप प्रज्वलन

190 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) –दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन (२०६३ मंसिर ५ गते) को स्मरणमा हरेक वर्ष धारा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगन्ज म्याराथन हरेक मंसिरको पहिलो शनिबार हुने गर्दछ । आमनिर्वाचनका कारण यसबर्ष भने आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिबार हुँदैछ ।

शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने नेपालगन्ज म्याराथनमा २०२२ को तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । आज मंसिर ५ गते नेपालगन्ज स्थित बीपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरिएको छ ।

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभयो भने बीपी चोकमा अर्का संरक्षक सदस्य सन्तोष खड्काले आरम्भ गरे । यसबर्ष दुइ दिने कार्यक्रमसहित म्याराथनलाई महोत्सवमय बनाइनेछ । अघिल्लो दिन नगरपालिका परिसरमा एक्स्पो रहनेछ । त्यसका लागि स्थानीय संघसंस्थालाई आह्वान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु÷समापन गेट रहने धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ । लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ ।

धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ । कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ । होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपाल टेलिकम कम्युनिकेसन पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षकको रुपमा रहेका छन् । त्यसैगरी लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्ड महत्वपुर्ण साझेदार एवं प्रवद्र्धकका रुपमा रहेका छन् । सारमाङ देहरादुन म्याराथनसँग पार्टनर म्याराथनका रुपमा रहेको छ । नेपालगन्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना रहेको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए ।

आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार रुपैयाँ, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।

July 18, 2025

नेपाली टोलीले महिला कबड्डी विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले भारतको हरियाणामा हुने दोश्रो महिला कबड्डी विश्वकपमा भाग लिने भएको छ। नेपाली टोली १४ खेलाडीसहित १८ सदस्यीय छ । प्रतियोगिता साउन १८ गते देखि २५ गते (अगष्ट ३ देखि १०) सम्म हरियाणाको मोरमाजरामा हुनेछ । टोलीको खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा […]

July 18, 2025

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् । केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव […]

July 16, 2025

खेल संघका पदाधिकारीसँग खेलकुद मन्त्रालयको अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले आज राष्ट्रिय खेल संघ र महासंघका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय […]

Success

Thank you for your time.