3 years ago
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ ।

आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । यसअघि नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका लागि छनोट भएको थियो ।
आइतबार टि२केले कुल २ सय १४ अंक जोड्दै शीर्ष ३ मा पर्न सफल रह्यो । जापानको रिजेक्ट टोली र टि२केको समान अंक भएपनि प्लेसमेन्ट अंकका आधारमा टि२के अघि बढ्न सफल भयो ।
यसअघि डिआरएसले रातो समूहमा १ सय ८२ अंकसहित छैटौं स्थान हासिल गरेको थियो । स्काइलाइट्ज भने १ सय ७६ अंकसाथ नवौं भएको थियो ।
मलेसियाको कुआलालम्पुरमा सम्पन्न समूह चरणबाट शीर्ष तीन टोलीले सिधै अन्तिम चरणमा स्थान बनाएका छन् । अन्तिम चरण अर्को वर्ष जनवरीमा जकार्तामा हुनेछ । त्यस्तै हरेक समूहबाट चौथो देखि ११ औं स्थान हासिल गर्ने टोलीले सर्भाइभल स्टेज खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछन् । सर्भाइभल चरण नोभेम्बर ३० देखि सुरु हुनेछ ।
हरेक समूहका पुछारका ५ टोली भने बाहिरिए । सहभागी ४८ टोलीलाई रातो, हरियो र निलो समूहमा विभाजन गरिएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]