3 years ago
December 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ को पहिलो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन व्यावसायिक गल्फर रवि खड्काले अग्रता लिएका छन् ।

मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा रविले ६ अन्डर ६२ स्कोरसहित १ स्ट्रोकको अग्रता लिएका हुन् । उनलाई ५ अन्डर ६३ स्कोर जोडेका भुवन नगरकोटीले पछ्याइरहेका छन् । नेपाल नम्बर १ शुक्रबहादुर राई ३ अन्डर ६५ स्कोरसहित तेस्रो स्थानमा छन् ।
रविले फ्रन्ट नाइनमा ४ अन्डर ३० तथा ब्याक नाइनमा २ अन्डर ३२ स्कोर लेखाए । पहिलो होलम नै इगल खेल्दै सानदार सुरुवात गरेका रविले चौथो, पाँचौ र आठौं गोलमा बर्डी जोडे । छैटौं र १५ औं होलमा बोगी खेपेका उनले ब्याक नाइनको दशौं, १२ औं र १३ औं गोलमा पनि बर्डी लेखाए ।
पहिलो दिन ५ खेलाडीले अन्डर पार स्कोर लेखाएका थिए । चौथो स्थानका निरज तामाङले २ अन्डर ६६ तथा पाँचौ स्थानमा रहेका रमेश अधिकारीले १ अन्डर ६७ स्कोर बनाए । धनबहादुर थापा र जयराम श्रेष्ठ इभन पार ६८ स्कोरसहित शीर्ष ७ मा अटाएका छन् । सूर्य प्रसाद शर्मा, दलबहादुर लामा र कृष्णमान राजवाहक (सबै १ ओभर ६९) स्कोरसहित शीर्ष १० मा अटाएका छन् ।
एमेच्योरतर्फ अजित विक २ ओभर ७० स्कोरसहित अग्रतामा छन् । उनलाई प्रज्वल गुरुङले १० ओभर ७८ स्कोरका साथ पछ्याइरहेका छन् ।
चार दिन चल्ने प्रतियोगिताको दोस्रो दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडी र समान स्कोरले अन्तिम दुई दिनको खेलका लागि कट बनाउनेछन् । प्रतियोगितामा ३१ व्यावसायिक गल्फरको सहभागिता रहेको छ । कुल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ रहेको यस प्रतियोगिताको विजेताले १ लाख १६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७४ हजार र तेस्रो स्थानका गल्फरले ६३ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सूर्य नेपालको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको टुरको यो १५ औं संस्करण हो । टुरमा ८ इभेन्ट समावेश रहेको छ । टुरको कुल पुरस्कार राशी ६१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]