3 years ago
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा विहीबार १-अन्डर ६७ को स्कोरसहित भुवन समग्रमा १०-अन्डर १ सय ९४ जोड्दै शीर्षस्थानमा उक्लन सफल भए । सुरुवाती दुई दिन अग्रतामा रहेका रवि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि सम्भावना मजबुत बनेको हो । भुवन अन्तिम १८ होलको खेल बाँकी रहँदा ९ स्ट्रोकले अघि छन् ।
उपाधि दावेदार मानिएका नेपाल नम्बर १ शुक्रबहादुर राईले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए । रविले ९-ओभर ७७ को खराब प्रदर्शन गरे । दुवैजना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन् । धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् । धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाए । ३-ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौ स्थानमा छन् । रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाँडे ।
३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए। तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोक अग्रता बनाए । दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक-एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए ।
भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो । उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले । दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन् । १० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक-एक सट खेर फाले । १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाए ।
शुक्र बहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाए ।
एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन् । आज उनले ५-ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन् ।
कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन् । उपविजेताले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]