3 years ago
January 5, 2023
झापा (हाम्रो खेलकुद) – झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ ।

दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो ।
सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ स्थायी घर भएका १८ वर्षीय भोटे प्रतिष्ठानमा सिभिल इन्जिनियर डिप्लोमा फर्स्ट लेभलका विद्यार्थी थिए ।
कलेजमा जारी सप्ताहव्यापी प्रतियोगिता अन्तर्गत खेल सुरु भएको ३ मिनेटमा बेहोस भएको उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो ।
गोदावरीमा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएन्डसी हस्पिटल रेफर गरिएको थियो । उनलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए । प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जानकारी दियो । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]