default_image

3 years ago

January 13, 2023

एपिएफलाई हराउँदै आर्मी समूह विजेता

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह ‘बी’ को विजेता बनेको हो । हारका बावजुत एपिएफ समूह उपविजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबारमा भएको खेलको पहिलो सेट २५–२० ले जितेको आर्मीले दोस्रो र तेस्रो सेट १९–२५ र १३–२५ ले गुमाउन पुगेको थियो ।

तर, आर्मीले चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२२ को जित निकालेपछि खेल पाँचौ सेटमा लम्बियो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले एकपक्षीय प्रदर्शन गर्दै १५–५ को जित निकाल्न सफल भयो । आर्मीकी साफिया पुन केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समिरकण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग खेल्नेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

आज पुरुषतर्फको सबै चार क्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘सी’ को उपविजेता गण्डकी, समूह ‘बी’ को विजेता एपिएफ समूह ‘डी’ उपविजेता केशवलाल, समूह ‘सी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता दावाली मिलन क्लब र समूह ‘डी’ को विजेता हेल्प नेपाल र समूह ‘बी’ को उपविजेता सैलुङ बाघढुंगाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.