3 years ago
January 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मुक्केबाज इन्द्रबहादुर सुनार थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिपको ५७ केजी तौल समूहको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटन सत्रपछि बुधबार सुरु भएको प्रतियोगिताको अन्तिम १६ को खेलमा इन्द्रले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस ) ५– ० अंकको आधारमा पराजित गर्दै अन्तिम आठमा पुगेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिएका छन् । इन्द्रले सेमिफाइनल प्रवेशका लागि मंगोलियाका मुक्केबाज गन्तुमार लुण्डासँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबाट सहभागी अन्य दुई खेलाडी विजय बाटा (८६ केजी) र महिलातर्फ त्रिशा जवेगु (७५ केजी) यसअघि नै आ आफ्नो तौल समूहको सेमिफाइनल पुगिसकेका छन् । विजयले इन्डोनेसियाका मोसकिता माईकल र त्रिशाले काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार महिला ४८ केजी तौल समुहकी सुष्मा तामाङ र ५७ केजी तौल समूहमा हेमा राईले प्रतिस्पर्धा गर्नेछिन् । सुष्माले भेतनामकी क्यूनहानसंग र हेमा राईले सिगांपुरकी चौउजीमिन बेर्नेससंग क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्ने संघका प्रवक्ता अवालेले जानकारी दिए ।
पुरुष तर्फ ४८ केजी तौल समुहमा लाल प्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन्टमार्क लेफ्चर संग शुक्रबार क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]