default_image

3 years ago

January 19, 2023

अन्नपूर्ण बुद्धिचालमा ४ खेलाडीको अग्रता

246 views

0 Bookmark

काठमाडैं (हाम्रो खेलकुद) – अन्नपूर्ण क्लब (आर सिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्नपूर्ण खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन बिहीबार चौंथौ चरणको खेल सम्पन्न हुँदा चार खेलाडीले संयुक्तरूपमा अग्रता लिएका छन् ।

फिडे मास्टर रुपेश जैशवाल , पूर्व नेपाल च्याम्पियन सुरविर लामा, ललितपुरका युवा खेलाडी सरोज महर्जन र काभ्रेका खोम प्रसाद तिमिल्सिनाले ४ अंककासाथ अग्रता लिएका हुन् । रुपेशले चौथो चरणको खेलमा चितवनका अर्जुन घिमिरेलाई पराजित गरे भने तेस्रो चरणमा काठमाडौका चिरन बजगाईलाई पन्छाउन सफल भए । सुरवीरले तेस्रो चरणको खेलमा आयुष बोहरालाई हराएका थिए । उनले चौथो चरणको खेलमा काठमाडौका दिपम महर्न माथी सफलता हात पारे।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सरोजले तेस्रो चरणमा सिराहका कीर्तिकुमार गुप्तालाई र चौथो चरणको खेलमा ललितपुरका सानुभाई महर्जन माथी जित निकाले । तेस्रो चरणको खेलमा काठमाडौका आषिश महर्जनलाई हराएका खोमले चौंथौ चरणको खेलमा भेट्रान खेलाडी जनार्दन श्रेष्ठ माथी बाजी मारे ।

अन्नपूर्ण क्लबको आयोजनामा ज्याठा स्थित अन्नपूर्ण उच्च माविको हलमा संचालन भएको प्रतियोगितामा फिडे मास्टर क्षितिज भण्डारी , पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली , नविन तण्डुकार, ललितपुरका सजिन महर्जन , काठमाडौका सुमन लामा, भक्तपुरका गणेश दुवाल र तेह्रथुमका हरी सुब्बाले साढे ३ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा छन् ।

त्यसैगरी ३ अंक प्राप्त गर्नेहरुमा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं , पुण्यमान कर्माचार्य , लमजुङका सविन चन्द्र घिमिरे,प्युठान का श्रीकृष्ण श्रेष्ठ , काठमाडौका सीताराम अग्रवाल , भगवती प्रसाद शर्मा , जनार्दन श्रेष्ठ , अर्जुन घिमिरे रहेका छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.