default_image

9 years ago

December 29, 2016

सेनाको दुवै टोलीलाई फेन्सिङ स्याबरमा स्वर्ण

195 views

0 Bookmark

सातौ राष्ट्रिय खेलकुद
काठमाडौं (हाम्रो खेलकुद)– सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार फेन्सिङ महिला स्याबरमा अस्मिता बस्नेतले स्वर्ण, तुलसा बुढाथोकीले रजत तथा रविन थापा र सुकमाया घिसिङ्गले कांस्य पदक जितेका छन् । त्यस्तै पुरुष स्याबरमा एपिएफका जयराज अवस्थीले स्वर्ण, एपिएफकै प्रकाश कुँवरले रजत तथा सेनाका अमित भण्डारी र पश्चिमाञ्चलका खुशीमान गुरुङ्गले कांस्य पदक जितेका छन् ।

img_4934-1

स्याबर महिला टिममा नेपाली सेनाले स्वर्ण, एपिएफले रजत र पश्चिमाञ्चलले कांस्य पदक जितेको छ । सेनाको टोलीमा कमला श्रेष्ठ, अश्मिता बस्नेत,रविना थापा र जानुका थापा मगर छन् । कास्य पदक विजेता एपिएफको टोलीमा तुलसा बुढाथोकी, मिनादेवी पौडेल,सुकमाया घिसिङ्ग र मुना थापा छन् । जिनिया राना, सृष्टि चौधरी, शान्ति भण्डारी र अनिता कुमाल सम्मिलित पश्चिमाञ्चल तेस्रो भयो ।
स्याबर पुरुष टिम इभेन्टमा नेपाली सेनाले स्वर्ण, एपिएफले रजत र पश्चिमाञ्चलले कांस्य पदक जितेको छ । सेनाको टोलीमा मदन थापा,तिल बहादुर भष्डारी,सागर श्रेष्ठ र अमित भण्डारी छन् । एपिएफ टोलीमा प्रकाश कुँवर ,राजेन्द्र गजुरेल,मिन प्रकाश जोरा र जयराम अवस्थी तथा मध्यमाञ्चल टोलीमा सुरेन्द्र पालुङ्गवा, पायस योञ्जन, विजय कुमार श्रेष्ठ र कृष्ण रायमाझी रहेका छन् ।

img_4931

फेन्सिङको दोस्रो राष्ट्रिय प्रतियोगितासमेत रहेको प्रतिस्पर्धाअन्तर्गत इपी महिला टिम इभेन्टमा आर्मीले स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको प्रतियोगिताको दोस्रो दिन मनीषा रायमाझी, इन्दिरा पौडेल, अन्जना श्रेष्ठ र रविना धिमाल सदस्य रहेको आर्मीको टिमले स्वर्ण जितेको हो । रजत विजेता एपीएफमा श्रद्धा मल्ल, जानुका स्याङतान, अनिता कार्की, सुदिना धिमाल रहेका छन् । त्यसैगरि मध्यमाञ्चल कास्य पदक जितेको छ । सो टिममा सुषमा के मल्ल, उषा खड्का र अन्जु तमाङ रहेका छन् ।

पुरुषतर्फको टिम इपीमा एपीएफले स्वर्ण पदक जितेको छ । सो इभेन्टमा सुखीराम तामाङ, जंग गिरी, राजेन्द्र श्रेष्ठ र सागर थापा छन् । मध्यमाञ्चलले रजत पदक जित्यो । सो टिममा छिरिङ तामाङ, मिराज प्रजापति, सुविराज याखा र ओमकार सिंह छन् । सेनाले भने कांस्य प्राप्त गरेको थियो । सो टिममा प्रकाश भण्डारी, सागर केसी, दिपेन्द्र विष्ट र सवि श्रेष्ठ छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.