3 years ago
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – छेटौं केएनपी नेरोकेल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि नेपाल एपिएफ क्लब र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब एकअर्कासँग भिड्नेछन् ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै एपिएफ र न्यू डायमण्ड फाइनल पुगिसकेका छन् । एकअर्काको सामना गर्नुअघि नै दुवै टोलीले अन्तिम दुईको यात्रा तय गरिसकेका छन् । राउन्ड रोविन अन्तर्गत एपिएफ र न्यू डायमण्डबीचको खेल सोमबार दिउँसो १ः०० बजेका लागि तय छ ।
त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धा अघि दुई विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एकअर्काको सामना गर्नेछन् । यी दुई टोलीबीच सोमबार दिउँसो ३ः०० बजे प्रतिस्पर्धा हुनेछ । लगातार दुवै खेल गुमाएका पुलिस र आर्मीबीच मंगलबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको दोस्रो दिन आइतबार न्यू डायमण्डले पुलिसलाई ३–१ ले र एपिएफले आर्मीलाई ३–० को सोझो सेटमा हराएको थियो । २२–२५ ले गुमाएको न्यू डायमण्डले त्यसपछि २५–१५, २५–२२ र २५–१९ ले हराएको थियो । डायमण्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् ।
आइतबारै एपिएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ को सोझो सेटले हराएको थियो । त्यो खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दि म्याच चुनिएकी थिइन् । डायमण्ड र एपिएफको समान ६ खेल छ । आर्मी र पुलिस अंक विहिन छन् ।
२४ माघ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी ४ टोलीले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
राउन्ड रोविन पछि शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन ।

विजेताले ३ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले समान १५ हजार रुपयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछिन् ।
विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसोर्टमा रात्री भोजको व्यवस्था गर्नेछ । केएनपीको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई राखेप, प्रदेश खेलकुद विकास परिषद् बागमती, चाँगुनारायण नगरपालिका, डाबर नेपाल, मुक्तिनाथ विकास बैंकले सहयोग गरेका छन् । इसेवामार्फत पनि प्रतियोगिताको टिकट खरिद गर्न सकिने प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गरिरहेको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]