default_image

9 years ago

December 30, 2016

फेन्सिङमा मध्यमाञ्चलका सञ्जिव र सेनाकी रमा विजेता

260 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो फेन्सिङ च्याम्पियनसिपको फोयल एकलमा पुरुषतर्फ मध्यमाञ्चलका सञ्जिव लामा र महिलातर्फ नेपाली सेनाकी रमा सिंह ठकुरीले स्वर्ण पदक जितेका छन् ।

img_4934-1
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्गर्तत त्रिपुरेश्वरस्थित कर्भडहलमा शुक्रबार सम्पन्न च्याम्पियनसिपमा पुरुष फोयल एकलको फाइनलमा संजिव सेना जलेन्दं शाहीलाई १५–१४ अंक हराउँदै स्वर्ण पदक जितेका हुन् । जलेन्दंल रजत जित्दा सेनाका अनुप भण्डारी र मध्यमाञ्चलका पुरुषोत्तम खत्रीले कांस्य पदक प्राप्त गरे ।
रमाले स्वर्ण पदक जितेको महिला एकलमा एपिएफकी मन्दिरा थापाले रतज तथा सेनाकी सुनिता बढाथोकी र एपिएफकी उर्मिला माझीले संयुक्तरुपमा कांस्य पदक प्राप्त गरे ।
फोयलको टिम इभेन्टमा महिलामा एपिएफ र पुरुषमा सेनाको टोलीले स्वर्ण पदक जित्यो । महिला स्वर्ण पदक विजेता टोलीमा उर्मिला माझी, अनिता अधिकारी, मन्दिरा थापा र रुवी तामाङ छन् । रजत पदक जित्ने मध्यमाञ्चल टोलीमा सुजाता कुँवर, गोमा आचार्य र सुष्मा मगर छन् । कांस्य पदक जितेको टोलीमा रमासिंह ठकुरी, ज्योति थापा, सुजाता भण्डारी र सुनिता बढाथोकी रहेका छन् ।
पुरुषतर्फ स्वर्ण पदक जिते नेपालको टोलीमा राजन राज खड्का, अनुप भण्डारी, जलेन्द्र शाही र श्रीकृष्ण केसी छन् । ज्ञानेन्द्र तिमल्सिना, शेरसिंह ऐरी, महेसप्रसाद भट्ट र गणेश थापा रहेको एपिएफले रजत पदक जितेको थियो । त्यस्तै कांस्य पदक जितेको मध्यमाञ्चल टोलीमा जीवन श्रेष्ठ, सन्तोष थापा, पुरुषोत्तम खत्री र सन्जिव लामा छन् । कान्छा खेलाडी खुसीमान गुरुङलाई समेत नेपाल फेन्सिङ संघले सम्मान गरेको थियो ।

fancing
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योती राणा, सदस्य निलेन्द्रराज श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, संघका अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ, वरिष्ठ खेलपत्रकार श्याम चित्रकारले पुरस्कार वितरण गरेका थिए । फोइल, साइवर, एपी गरी ९ स्वर्ण पदक, ९ रजत पदक र १५ कांस्य पदकका लागि तीन दिन सम्म प्रतिस्पर्धा भएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.