default_image

3 years ago

February 25, 2023

सञ्जय सम्मिलित टोलीलाई प्रो एम उपाधि

244 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ ।

पोखरास्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका हुन् ।

प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए । प्रो निरज तामाङ सम्मिलित टोली कुल १२३ अंक जोडेर दोस्रो भएको छ।

नीरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुन कुमार कार्कीले २९ अंक जोडे । यसैगरी १०७ अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो। बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८ सन्देश सिग्देलले पनि २८ र रवीन्द्र तिवारीले २८ अंक जोडे ।

महिलातर्फ सुष्मा सिग्देलले ३२ अंकसहित उत्कृष्ट कार्डको ट्रफी हात पारिन् । प्रकाश गुरुङले लंगेस्ट ड्राइभ र दिपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते ।

सर्वाधिक स्कोर गर्ने प्रो र उत्कृष्ट तीन एमच्योर गल्फर विजेता टोलीमा परेका हुन्। दोस्रो स्थानका प्रो खेलाडी र चौथो, पाँचौ र छैटौं स्थानका एमेच्योर खेलाडी दोस्रो भए ।

यसैगरी तेस्रो भएका प्रो तथा सातौं, आठौं,नवौं स्थानका एमेच्योर खेलाडी तेस्रो भएका हुन् । स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए ।

विजेतालाई पिजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गरे ।

शुक्रबार सम्पन्न ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले एक–अन्डर २०६ को कुल स्कोरका साथ उपाधि जितेका थिए। सञ्जय लामा र भुवन नगरकोटीले एक–ओभर २०८ मा सम्युक्त दोस्रो स्थान हासिल गरेका थिए।

२३औं संस्करणको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार रहेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.