2 years ago
February 27, 2023
सुर्खेत (हाम्रो खेलकुद)- विधार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको दोस्रो चरण कर्णाली प्रदेशमा सोमबार सम्पन्न भएको छ ।
कर्णालीका जुम्ला र सुर्खेत दुई जिल्लामा विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल टु कार्यक्रम आयोजना भएको थियो । जुम्लामा फागुन १२ गते कार्यक्रम भएको थियो । एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा सोमबार ओलम्पियन दीपक विष्ट, देवु थापा, कमलबहादुर अधिकारी तथा १३ औं दक्षिण एसियाली खेललकुद (साग) का स्वर्ण पदक विजेता दीपक हमालले आ आफ्नो खेल जीवनको आरोह अवरोहका बारेमा चर्चा गरेका थिए ।
संघले सुदूरश्चिम खेलकुद विकास परिषद्को सहयोगमा यसअघि पुसमा सुदूरपश्चिमको धनगढी र कन्चनपुरमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । सुर्खेतमा एसओएससहित विभिन्न ७ विद्यालयका विधार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।
नेपाल ओम्पियन संघका अध्यक्ष दीपक विष्टले अनुशासन, अठोट , समपर्णले मात्र खेलाडीलाई सफलता मिल्ने बताए । उनले भने, ‘मेरो सक्रिय खेल जीवनमा पटक चोटग्रस्त भए । तर कहिल्यै हिम्मत हारिन । लगातार प्रयास गरिरहे जसले गर्दा सागमा लगातार ४ पटक स्वर्ण पदक, एसियाली खेलकुदमा दुई पटक कास्य पदक र ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएको थिए । सायद अनुशासित र समपर्ण नभएको भए मैले त्यो सफलता प्राप्त गर्ने थिएन ।’
जुडोमा सागकी रजत तथा कास्य पदक विजेता समेत रहेकी देवु थापा कर्णालीको विगट जिल्ला जुम्लामा जन्मे पनि नेपाल प्रहरीमा भर्ना भएपति खेलकुदमा लाग्ने अवसर मिलेको स्मरण गरिन् । ‘जुम्लामा जन्मिएर १४ वर्षको उमेरमा प्रहरी सेवामा प्रवेश गरेपछि जुडोमा आबद्ध हुने अवसर पाए । त्यसले मलाई जीवनमा सफलतातर्फ डोरायो,’ उनले भनिन्, ‘११ औं सागमा मबाट स्वर्ण पदकको आशा गरिएको थियो । तर दुर्भाग्य १० तलाबाट लिफ्ट झरेपछि घाइते भए । चोटग्रस्त अवस्थामै खेलेर पनि कास्य पदक जिते । त्यो मेरो लागि स्वर्ण पदक बराबर थियो । हामीले सक्यौं भने भविष्यमा तपाईहरुले पनि कोशिस गर्नुभयो भने ओलम्पिक खेल्ने सम्भावना रहन्छ ।’
१० औं सागका भारोत्तोलनका स्वर्ण पदक विजता ओलम्पियन कमल अधिकारीले आर्थिक अवस्था कमजोर भएको अध्ययनलाई निरन्तरता दिन नसकेको स्मरण गर्दै भने, ‘मैले पढ्न पाएन । घरको कमजोर आर्थिक अवस्थाले गर्दा धेरै पढ्न पाइन । नेपाल सेनामा आबद्ध भएपछि खेल जीवन अघि बढाए । यहि खेलले मलाई सबैमा परिचित गरायौं । खेलाडी हुनुमा मलाई गर्व छ ।’ विष्ट, थापा र अधिकारी तीनै जनाले एकै पटक सन् २००८ मा बेजिङ ओलम्पिकमा सहभागिता जनाएका थिए ।
१३ औं सागका स्वर्ण पदक विजेता सुर्खेतका स्थायी निवासी दीपक हमालले स्कुल पढ्दा फिल्म हेरेर उसु खेलमा लाग्न प्रेरणा मिलेको स्मरण गरे । ‘उसु खेल्न सुरु गरेको केहि वर्ष मैले सफलता हात पार्न सकिने । केहि निराश पनि भए,’ नवौं राष्ट्रिय खेलकुदमा कर्णालीका लागि स्वर्ण पदक जितेका उनले भने, ‘तर मलाई उसुमा अघि बढ्न अझै मेहनत गर्नुपर्छ भन्ने लाग्यो र कुनै दिन जित्छु भनेर दृढ भए । त्यसैले मलाई सफलता दिलायो । अझ धेरै गर्न बाँकी छ । कोशिस गरिरहन्छु।’
जुम्लाको खलंगामा शुक्रबार चन्दननाथ नमुना माविमा भएको कार्यक्रममा ओलम्पियन तथा सागका पदक विजेता हरि रोकाया पनि सहभागी थिए । उनले पनि आफ्नो खेल जीवनको बारेमा विधार्थीहरुका बीचमा चर्चा गरेका थिए । उनले जुम्लाका विधार्थीहरुले एथलेटिक्सको अभ्यास गर्न चाहे आफूले सहयोग गर्ने वचन दिए । राखेपका प्रशिक्षक समेत रहेका रोकायाले कर्णाली स्पोर्टस क्लब सन्चालन गर्दै आएका थिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको स्कुल टु ओलम्पिक कार्यक्रमलाई सातै प्रदेशमा प्रदेश खेलकुदको सहयोगमा सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिए । सुर्खेतमा एसओएस चिल्ड्रेन भिलेजका डाइरेक्टर गोपाल घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेश सांसद विन्दमान विष्ट, कर्णाली खेलकुदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सन्ज्याललगायतले स्कुल टु ओलम्पिक कार्यक्रमले विधार्थीहरुमा खेल क्षेत्रमा आकर्षित हुन प्ररेणा मिल्ने विश्वास गरे । संघले जुम्ला र सुर्खेतमा सहभागी विद्यालयलाई खेल फुटबल, भलिबल, जर्सी सेट प्रदान गरेको थियो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फररामे मगरको टिमले जितेको छ। गोकर्ण गल्फ कोर्समा आज प्रो रामे तथा टिमले कुल १ सय५९ अंक सहित पहिलो भएको हो। रामेले ४१ तथा एमेच्योरगल्फरहरू विष्णु बहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४०अंक […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम बुढानीलकण्ठमा शनिवार सुरु भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यालयको दैनिक कामकाज सहज बनाउन ३ दिनमा फाइलको विषय टुंगो लगाउने, फाइल ट्रयाकिङ सिस्टम र पौडी पोखरीमा इ टिकटको सुरुआत गरेको बताउदै प्रशासनिक कामकाजमा सुधार […]
June 21, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा चेस क्लबले आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा ५ विद्यार्थीले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्। मकवानपुर बहुउद्देश्यीय क्याम्पस हेटौंडामा भएको ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका व कृतार्थ ढोडारी ७ अंकसहित विजयी पभएका छन्। कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु सदन विद्यालयका नाइस लामालाई डाइरेक्ट इन्काउन्टर विधिमा पराजित गरे […]