default_image

3 years ago

March 13, 2023

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी गराए ।
रोड रेसमा पुरुष/महिलाको १० किलोमिटर दौड हुनेछ । दुवैतर्फको विजेताले ६० हजार दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कोर्ष रेकर्ड तोड्ने खेलाडीलाई थप १० हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ ।

आयोजकका अनुसार करिब ४ सय खेलाडी सहभागी हुने रेसका लागि करिब १५ लाख रुपैयाँ खर्च हुनेछ । रेसका लागि राजन खत्रीलाई संयोजक तोकिएको छ । रेस दरबारमार्गबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोग रहने बक्सिङमा सातै प्रदेश र ३ विभागीय टोलीका करिब १ सय ४० खेलाडी सहभागी हुने छन् । पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । प्रत्येक स्पर्धामा पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय रुर्पैयाँबाट पुरस्कृत गरिने छ ।

उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ । बक्सिङको अनुमानित बजेट ४५ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको छ । प्रतियोगिता बसन्तपुर डबलीमा हुनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.