default_image

3 years ago

April 2, 2023

एनसेल बाह्रखरी गल्फ वैशाखमा, विजेतालाई सुनको बल

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद अर्को महिना काठमाडौंमा हुने भएको छ ।

वैशाख ९ गते हुने कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो । ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने बताइएको छ ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढीको कार्यक्रममा सहभागिता रहनेछ । बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको बताए ।

‘खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, łबाह्रखरीले गरेको यो कामलाई अन्य मिडियालेसमेत सञ्चालन गर्न सक्छन् ।’ उनले खेलसँगै बाह्रखरीले वार्षिकरुपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्यको क्षेत्रमा सहयोग पु¥याएको बताए ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुने बताइएको छ ।

कर्पोरेट गल्फ प्रतियोगिताका विजेताले सुनको बल’ प्रात गर्नेछन् । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले कार्यक्रम सुरु गर्नुभन्दा पनि निरन्तरता पाउने विषय महत्वपूर्ण भएको बताउँदै बाह्रखरीले विगत पाँच वर्षदेखि निरन्तरता दिएमा प्रशंसा गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । प्रतियोगिताामा सहभागी गल्फरहरुले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् । आचार्यका अनुसार एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा एक सय दश जनासम्म खेलाडी सहभागी हुन सक्नेछन् । प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेका खेलाडीलेमात्रै भाग लिन पाउनेछन् ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मन्च(एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदीले बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रमले खेल र आर्थिक क्षेत्रकै अति महत्त्वको भएको बताए । आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष जनार्दन बरालले बाह्रखरी मिडियाले गर्ने यो कार्यक्रम कर्पोरेट हाउसलाई जोड्ने माध्यम बनेको बताए । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)का अध्यक्ष मोदनाथ ढकालले बाह्रखरीले खेल पर्यटनलाई अगाडि बढाउन सफल भएको भन्दै प्रसंसा गरे ।

कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले खेलमा सहयोग पु¥याउने सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ«े बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.