3 years ago
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)- जुनियर र महिला गल्फ खेलाडीलाई निःशुल्क प्रशिक्षण दिने उद्देश्यका साथ नेपाल गल्फ संघ (एनजिए) र रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) बीच सोमबार सम्झौता भएको छ।

सम्झौता पत्रमा एनजिएका अध्यक्ष टासी घले र आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले हस्ताक्षर गरे। आरएनजीसीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र एनजीएका युथ डेभलेपमेन्ट डाईरेक्टर दिपक आचार्यको उपस्थिति थियो। सम्झौता अनुसार एनजिएले प्रशिक्षणका लागि आवश्यक सामग्री र अन्तराष्ट्रिय प्रशिक्षकको व्यवस्था गर्नेछ।
आरएनजिसीले साताको दुई दिन गल्फ प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। क्याम्पमा छनौट हुने खेलाडीलाई खेल्नका लागि निशुल्क कोर्स उपलब्ध गराउनेछ। यो बाहेक राष्ट्रिय टिमका खेलाडीहरूलाई शनिबार बाहेक अन्य दिन आरएनजिसीको कोर्समा खेल्न र विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिइने बताइएको छ।
यो सम्झौता पश्चात एनजिए र आरएनजिसी को संयुक्त पहलमा हरेक साता युवा र महिला गल्फ खेलाडीले निःशुल्क प्रशिक्षण लिनेछन्। आगामी शनिबार इच्छुक खेलाडीहरुको नाम दर्ता गरिनेछ र छनौट समितिले प्रशिक्षणका लागि खेलाडी चयन गरिने जनाइएको छ। एनजिएका अध्यक्ष टासी घलेले आगामी दिनमा उत्कृष्ट खेलाडी तयार पार्नका लागि संघले आरएनजिसीसँग मिलेर प्रशिक्षण कार्यक्रम सन्चालन गर्न लागेको जानकारी गराए।

‘विगतमा पनि नेपालका उत्कृष्ट गल्फ खेलाडी आरएनजीसीबाट नै उत्पादन भएका हुन्। गल्फको विकासमा आरएनजिसीको ठूलो योगदान रहँदै आएको छ र यो कार्यक्रमका लागि क्लब र प्राविधिक सहयोग उपलब्ध गराई हामीलाई सहयोग गर्नुभएकोमा क्लबलाई धन्यवाद दिन चाहन्छौं,’ घलले भने, ‘पहिला पनि यस्तै कार्यक्रम सञ्चालन भएको थियो तर त्यो सुचारू हुन सकेन। अब यस कार्यक्रमबाट उत्कृष्ट खेलाडीको पहिचान र प्रशिक्षण हुनेमा हामी आशावादी छौं।’
आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले युवा र महिला खेलाडीका लागी निःशुल्क प्रशिक्षण प्रदान गर्न लागेकोमा एनजिएको प्रशंसा गरे। उनले भने, ‘गल्फ र खेलाडी विकासका लागी एनजिएले सञ्चालन गर्ने कार्यक्रममा आरएनजीसीको तर्फबाट हरसम्भव सहयोग रहने छ।’
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]