3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप काठमाडौको लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु भएको छ ।

खुल्लातर्फ उच्च रेटेड खेलाडी फिडे मास्टर रुपेश जैशवाल , अर्का फिड मास्टर क्षितिज भण्डारी ,पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी युवा खेलाडी पुरुषोत्तम सिलवालले जित हासिल गरेका छन् । रुपेशले झापाका प्रकाश नेपाललाई, क्षितिजले ललितपुरका राजन पुरीलाई, सुरविरले केशव श्रेष्ठलाई , राजन सुवेदीले पुरुषोत्तम चौलागाईंलाई र पुरुषोत्तमले दोलखाका राजिव कार्कीलाई हराए ।
महिला र खुल्ला गरि दुई विधामा भएको प्रतियोगितामा महिलातर्फ पहिलो वरियताकी फिडे मास्टर सुजना लोहनी, शान्ति धिमाल, धिमाल, शुसिला गुरुङले पहिलो चरणको खेलमा बाजी मारेका छन् । सुजनाले मार्सल तामाङलाई, शान्तिले पूर्व नेपाल च्याम्पियन समेत रहेका काठमाडौका सिन्दिरा जोशीलाई र शुसिलाले झापाका पुनम प्रसाईंलाई पराजित गरिन् ।

केही महिना अघि नेसनल ’बि’ सम्पन्न गरि पहिलो पटक राउन्ड रोबिनको आधारमा आयोजना गरिएको नेसनल चेस च्याम्पियनसिप २०२३ को राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाट गरेका थिए । च्याम्पियनसिप वैशाख १० गते सम्म संचालन हुनेछ ।
च्याम्पियनसिप बिजेता खेलाडीले वैशाख १८ गते बंगलादेशमा सुरु हुने ३.२ जोनल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको मुख्य प्रायोजन दिब्यांश मल्टी प्रोडक्सनले र सहप्रायोजक रुक्मिणी टुर्स एण्ड ट्राभल्सले गरेको छ । प्रायोजकमा नेपाल टेलिकम, वर्ल्ड लिन्क कम्युनिकेसन रहेको महासंघले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]