3 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको बुधबार दोस्रो दिनको समाप्तीमा खुलातर्फ ३ खेलाडी संयुक्त अग्रस्थानमा रहेका छन् । महिलातर्फ वोमेन फिडे मास्टर सुजना लोहनी , काठमाडौंकी रिया श्रेष्ठ, पर्साकी सुशिला गुरुङ र मोरङकी शान्ति धिमाल शीर्ष स्थानमा छन् ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा च्याम्पियनसिपमा दोस्रो चरणका खेल सम्पन्न हुँदा फिडे मास्टर रुपेश जैशवाल , पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र पुरुषोत्तम सिलवाल समान २ अंक जोड्दै अग्रस्थानमा छन् ।
aरुपेशले रोचक खेलमा पूर्व नेपाल च्याम्पियन समेत रहेका केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिसिलेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेशलाई खेलको ३१ औं चालमा दबाब राख्न सफल भए । रक्षात्मक अवस्था रहेका रुपेशले ३५ औं चालसम्ममा खेललाई बराबरी अवस्थामा ल्याउन सफल भए । ४१ औं चालमा खेलमा आफ्नो पकड बनाए र त्यसपछि केशवलाई लगातार दबाबमा राख्दै ५४ औं चालमा खेल त्याग्न बाध्य बनाए ।
अर्को प्रतिस्पर्धात्मक खेलमा सुरवीरले आक्रमक खेलाडी फिडे मास्टर क्षितिज भण्डारीलाई हराउन सफल भए । कालो गोटी नै लिएर सिसिलिएन प्रणालीमा खेलेका क्षितिजलाई सेतो गोटी लिएर खेलेका सुरवीरले खेलको सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले ।
त्यसपछि निकै आक्रमण प्रत्याक्रमण भएको खेल ३३ औं चालसाम्म बराबरी अवस्थामा नै रहेको थियो र ३४ औ चालमा क्षितिजले गल्ती गर्न पुगे । जसको परिणामस्वरूप ३९ औं चालमा सुरवीरले हात्ती र घोडा दिएर मन्त्री लिन सफल भए । त्यसपछि क्षितिज माथी लगातार दबाब दिंदै खेलको ५७ औं चालमा सुरवीरले बाजी मार्न सफल भए ।
पुरुषोत्तम कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई हराउन सफल भए । सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तम आक्रमक देखिएका राजनलाई खेलको १४ औं चालमा नै दबाबमा राख्न सफल भए । १४ औं चालमा पुरुषोत्तमले झुक्याउन सफल भए र १५ औं चालमा हात्ती दिएर २ वटा उँट लिएर । त्यसपछि राजन खेलमा तल परे । पुरुषोत्तम तिब्र रुपमा आक्रमण गर्दै लगे र ३९ औ चालमा खेल आफ्नो पक्षमा पारे।
दिव्यान्स मल्ति प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा २१ औं राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईं आज झापाका प्रकाश नेपालसंग पराजित भए । उनी पहिलो चरणमा पनि राजन सुवेदिसंग हारेका थिए। क्यान्डिडेट मास्टर केशवको लागि पनि पहिलो र दोस्रो चरण सुखद रहेन। पहिलोमा सुरवीर लामासंग पराजित भएका थिए । राजन सुवेदी, राजन पुरी, प्रकाश नेपाल, क्षितिज भण्डारीले १ अंक जोडेका छन्।
महिलातर्फ सुजनाले कास्कीकी पूजा भण्डारीलाई हराइन भने सुशिलााले पाँचौ राष्ट्रिय प्रतियोगिताकी विजेता सिन्दिरा जोशीलाई हराइन् । सुजना र पूजाको खेल रोमान्चक रह्यो । क्विन्स ग्याम्विट प्रणालिमा खेल सुरु गरेकी सुजनाले लगातार आक्रमण गरिन् । रक्षात्मक खेलेका पूजाले सुजनाको हरेक चाललाई विफल बनाउदै लगिन् । खेलको २९ आउने चालसम्म पुग्दा सुजनाले उँट बलिदान गरिन् । खेल आफ्नो अनुकुल भइसकेको अव्यवस्थामा पूजाले ३१ औ चालमा गल्ति गरिन् । खेलाडी सुजनाले तुरुन्तै फाइदा उठाइन् पूजालाई आत्मसमर्पण गर्न बाध्य पारिन् ।
रियाले झापाकी पूजा सिंखडा माथी बाजि मारिन् । शान्ति धिमालले काठमाडौककी मार्सल तामाङलाइ हराइन् । चितवनका लक्ष्मी कँडेल र पूजा भण्डारीको समान १ अंक छ । काठमाडौको लाजिम्पाट स्थित होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहीबार तेस्रो र चौथो चरणका खेल हुने महासंघले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]