3 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)- टर्किस एयरलाइन्स वल्ड गल्फ कप आइतबार गोकर्ण गल्फ क्लबमा हुने भएकाे छ। स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फरम्यटमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ८० जना गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेटतर्फको विजेता डिसेम्बरमा अन्टाल्याको ग्लोरिया सेरेनिटी रिसोर्टमा आयोजना हुने टर्किस एयरलाइन्स विश्व गल्फ कप ग्रान्ड फाइनलका लागि छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका वरिष्ठ गल्फ निर्देशक दीपक आचार्यले बताए। यो प्रतियोगिता विश्व कर्पोरेट गल्फ कै ठुलो प्रतियोगिता हो।
टर्किस एयरलाइन्सले विभिन्न ५७ देशको ८५ स्थानमा प्रतियोगिता आयोजना गर्नेछ। ८५ स्थानमा भएका विजेताहरूले अन्टाल्याको ग्लोरिया सेरेनिटी रिसोर्टमा
आयोजना हुने टर्किस एयरलाइन्स विश्व गल्फ कप ग्रान्ड फाइनलमा आ आफ्नो देशको प्रतिनिधित्व गर्नेछन्।
यो प्रतियोगिता नेपालमा हुन लागेको तेस्रो पटक हो। यसअघि सन् २०१८ र २०१९ मा प्रतियोगिता भएको थियो। २०१८ र २०१९ का विजेता माधव आचार्य र बाबु शेर्पाले फाइनलमा नेपालको प्रतिनिधित्व गरेका थिए। यसपछि कोरोनाको कारण प्रतियोगिताले निरन्तरता पाउन सकेन। तर यो प्रतियोगितालाई निरन्तरता दिने टर्किस एयरलाइन्सका महाप्रबन्धक सेर्कन बसरले बताए।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य ट्रफी प्रदान गरिनेछ। यो पटक महिला खेलाडीहरूको लागि छुट्टै विधा राखिएको छैन। महिला खेलाडीले पनि प्रतियोगिता जितेर टर्किस एयरलाइन्स विश्व गल्फ कप ग्रान्ड फाइनलमास्थान बनाउने अवसर रहेको छ। यसैगरी महिला र पुरुष खेलाडीको लागि क्लोजेस्ट टु दि पीनको पुरस्कार पनि राखिएको बताइएको छ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]